१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर दिवस: ५० खुल्ला र सार्वजनिक स्थलको एकै पटक सफाइ, एक हजार व्यक्ति सहभागी



अ+ अ-

काठमाडौँ । २८ औँ महानगर दिवसको अवसरमा पारेर आज काठमाडौँका ५० वटा खुल्ला र सार्वजनिक स्थलको एकै पटक सरसफाइ गरिएको छ । कार्यक्रमको शुरुवात् टेकु दोभान छेउमा रहेको चिन्तामणि पार्कबाट गरिएको थियो ।

महानगरका जनप्रतिनिधि, कर्मचारी, सरसफाईमा क्रियाशील संघ संस्थाका प्रतिनिधिले पार्क, सडक, चोक, गल्ली, मठमन्दिरलगायत क्षेत्रको सफाइ गर्नुभएको थियो ।

सफाईबाट महानगरपालिकाले १७ मेट्रिक टन र निजी क्षेत्रबाट १ सय मेट्रिक टन फोहोर संकलन भएको वातावरण तथा कृषि विभागका सहायक निर्देशक सानुमैया महर्जनले जानकारी दिनुभयो । ब्रुमरले ३० मेट्रिक टन धुलो संकलन गरेको महर्जनको भनाइ छ ।

वातावरण विभागले फोहोर संकलनका लागि सवारी, धुलो सफाइका लागि ब्रुमर र भुइँ सफा गर्न जेट मेसिन परिचालन गरेको थियो । जेट मेसिनले पचली, कंकेश्वरी, मखन महादेव र मच्छिन्द्रबहालका मन्दिर र भुइँमा पानी हालेर सफा गरेको थियो । ४ फरक क्षेत्रमा व्रुमरको प्रयोग गरेर धुलो बटुलिएको थियो ।

स्वयम्भू, कालीमाटी, कलंकी, असन, इन्द्रचोक, माइतीघर मण्डला, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, बालाजु, सामाखुशी, हिटी पोखरी, लाजिम्पाट, त्रिपुरेश्वरलगायत क्षेत्रको सरसफाइ गरिएको हो ।