७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? जान्नुहोस् कुन देशको मुद्राको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटेको छ भने युके पाउण्ड स्ट्रलिङको भाउ बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ४४ पैसा तोकिएको छ ।  

एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ५९ पैसा तोकिएको छ।  

त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ०८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २२ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८५ पैसा तोकिएको छ ।