• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

आईसीसी विश्वकप लिग टु : नेपाल र नामिबिया खेल्दै



फाईल फोटो

काठमाडौँ । आगामी वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नेपालले आज नामिबियासँग खेल्दैछ ।

नामिबियाको युनाईटेड क्रिकेट मैदानमा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेबाट सुरु हुनेछ ।

नेपाल, नामिबीया र स्कटल्याण्डको सहभागीता रहेको सिरिजमा नेपालको यो तेस्रो खेल हो । नेपालले नामिबियासँग खेलेको यस सिरिजको पहिलो खेल बर्षाले प्रभावित हुँदा अंक बाडेको थियो । दोस्रो खेलमा भने नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो ।

एकदिवसीय अन्तराष्ट्रियमा नेपालले नामिबियाविरुद्ध चौथो पटक खेल्न लागेको हो । यस अघिको तीन खेलमा नामिबिया दुई खेलमा विजयी भएको छ भने एक खेल नजिना बिहिन भएको छ।

नामिबियाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख(विकेटकिपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,अर्जुन साउद,करण केसी,गुल्सन झा,सागर ढकाल र ललित नारायण राजवंशी