• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

बागमती सरकारबाट बाहिरिँदै एमाले



काठमाडौँ । केन्द्रीय गठबन्धनमा आएको फेरबदलका कारण बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ ।

आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन् । चार महिनाअघि चैत १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो ।

तर, कांग्रेस र एमालेको सहमतिपछि एमालेले सरकार छाड्न लागेको हो । आज साँझसम्म सरकारबाट बाहिरिने एमालेको तयारी छ ।

बागमतीमा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलिया, उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठ गरी पाँच जना मन्त्री छन् ।