३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै



अ+ अ-

काठमाडौँ । युरो कप फुटबल २०२४ अन्तर्गत आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु हुँदैछन् ।

आज राति दुई खेलहरु हुनेछन् । पहिलो खेलमा आयोजक जर्मनीले स्पेनको सामना गर्दैछ । खेल नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ ।

दुई टोलीबीच हालसम्म २६ खेलहरु भएका छन् । जसमा जर्मनीले ९ र स्पेनले ८ खेल जितेका छन् भने ९ खेल बराबरी भएको छ । पछिल्लो पटक यी दुई टोली २०२२ को विश्वकपमा भिडेका थिए । जसमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

२००८ को युरो कप र २०१० को विश्वकपमा स्पेनले जर्मनीलाई हराउँदै पाखा लगाएको थियो । जर्मनी आज त्यस हारको बदला लिने दाउमा छ । घरेलु समर्थकको फाइदा उसले उठाउनेछ ।

यस्तै, आज राति नै फ्रान्स र पोर्चुगलले पनि प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समयानुसार मध्यरातमा पौने १ बजे सुरु हुनेछ । दुबै टोली आजको खेल जित्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छन् ।

दुई टोलीबीच २८ खेल भएका छन् । जसमा १९ खेल फ्रान्सले जितेको छ भने ६ खेलमात्रै पोर्चुगलले जितेको छ । ३ खेल बराबरी भएका छन् ।