२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै



अ+ अ-

काठमाडौँ । युरो कप फुटबल २०२४ अन्तर्गत आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु हुँदैछन् ।

आज राति दुई खेलहरु हुनेछन् । पहिलो खेलमा आयोजक जर्मनीले स्पेनको सामना गर्दैछ । खेल नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ ।

दुई टोलीबीच हालसम्म २६ खेलहरु भएका छन् । जसमा जर्मनीले ९ र स्पेनले ८ खेल जितेका छन् भने ९ खेल बराबरी भएको छ । पछिल्लो पटक यी दुई टोली २०२२ को विश्वकपमा भिडेका थिए । जसमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

२००८ को युरो कप र २०१० को विश्वकपमा स्पेनले जर्मनीलाई हराउँदै पाखा लगाएको थियो । जर्मनी आज त्यस हारको बदला लिने दाउमा छ । घरेलु समर्थकको फाइदा उसले उठाउनेछ ।

यस्तै, आज राति नै फ्रान्स र पोर्चुगलले पनि प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समयानुसार मध्यरातमा पौने १ बजे सुरु हुनेछ । दुबै टोली आजको खेल जित्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छन् ।

दुई टोलीबीच २८ खेल भएका छन् । जसमा १९ खेल फ्रान्सले जितेको छ भने ६ खेलमात्रै पोर्चुगलले जितेको छ । ३ खेल बराबरी भएका छन् ।