९ मंसिर २०८१, आईतवार
,
Latest
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्वः खानेपानीमन्त्री दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा फेला प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिदै प्रधानमन्त्री भारतको विदेशी मुद्रा सञ्चिति ७ दिनमा १७ अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट प्रतितोला १ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै



अ+ अ-

काठमाडौँ । युरो कप फुटबल २०२४ अन्तर्गत आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु हुँदैछन् ।

आज राति दुई खेलहरु हुनेछन् । पहिलो खेलमा आयोजक जर्मनीले स्पेनको सामना गर्दैछ । खेल नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ ।

दुई टोलीबीच हालसम्म २६ खेलहरु भएका छन् । जसमा जर्मनीले ९ र स्पेनले ८ खेल जितेका छन् भने ९ खेल बराबरी भएको छ । पछिल्लो पटक यी दुई टोली २०२२ को विश्वकपमा भिडेका थिए । जसमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

२००८ को युरो कप र २०१० को विश्वकपमा स्पेनले जर्मनीलाई हराउँदै पाखा लगाएको थियो । जर्मनी आज त्यस हारको बदला लिने दाउमा छ । घरेलु समर्थकको फाइदा उसले उठाउनेछ ।

यस्तै, आज राति नै फ्रान्स र पोर्चुगलले पनि प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समयानुसार मध्यरातमा पौने १ बजे सुरु हुनेछ । दुबै टोली आजको खेल जित्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छन् ।

दुई टोलीबीच २८ खेल भएका छन् । जसमा १९ खेल फ्रान्सले जितेको छ भने ६ खेलमात्रै पोर्चुगलले जितेको छ । ३ खेल बराबरी भएका छन् ।