१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटक लिन गएको सवारी दुर्घटनामा चालकको मृत्यु



अ+ अ-

कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ घलेलमा आज स्करपियो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल इको भिलेजमा दिउँसो १२ ः ४५ बजे पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको गाडी घलेल–कालीमाटी सडक खण्डको तादी खोला पारी उकालोमा सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

दुर्घटना लगत्तै भिँडाबारी प्रहरी चौकीबाट गएका सुरक्षाकर्मी र स्थानीयवासीले चालकको उद्धार गरेका थिए । दुर्घटनामा परेको गाडी अस्तामस्थित अन्नपूर्ण इको भिलेजको रहेको बताइन्छ । 

मर्दी हिमालबाट फर्किएका पर्यटकलाई लिन गएको गाडी दुर्घटनामा परेपछि पर्यटकलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यमा पठाइएको मर्दी हिमाल इको भिलेजका प्रवन्ध निर्देशक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो ।