६ श्रावण २०८३, बुधबार
,
Latest
डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई पक्राउ गरेको छ ।

ब्युरोको नक्कली पेज बनाएर सर्वसाधारणलाई झुक्याएको आरोपमा १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–५ झुवानी टोल बस्ने १८ वर्षीय करण महतो रहेका छन् । उनले ‘साइबर ब्युरो नेपाल’ नामको फेसबुक पेज बनाएको आरोप छ ।

उनलाई चितवन प्रहरीको सहयोगमा सोमबार पक्राउ गरिएको हो । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।