• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   सरकारको आधिकारिक अनलाइन मिडिया छैन: सञ्चारमन्त्री शर्मा ★   समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन ★   कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन: ओली ★   दीपकको व्यंग्यः संगठन बलियो भएको ठाउँमा पार्टीले जित्छ, फ्रस्ट्रेसन भएको ठाउँमा घण्टी ★   मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. गौतम र पुर्वान्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. थपलिया नियुक्त ★   विदेश पठाइदिन्छु भन्दै ४२२ जनालाई ठगि गर्ने गिरोह पक्राउ ★   च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्दै ★   तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य ★   ट्राउट माछाको हब बन्दै र्यालेको मानेदोभान ★   आईएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने

नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यकः मन्त्री श्रेष्ठ(भिडियोसहित)



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल सवत न्हूँद विषय विद्वत्गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले नेपाल सवत्लाई राष्ट्रिय रुपमा मान्यता दिनको लागि राष्ट्रिय स्तरमा नै काम गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति समारोह गर्नका लागि मात्रै गठन भएको हो की जस्तो भान हुने गरेको बताउनु भयो । उहाँले अहिले शंखधर शाख्वाका नाममा काम गर्ने धेरै संस्थाहरु भएपनि राष्ट्रिय रुपमा प्रचार हुन नसकेको बताउनु भयो । उहाँले राष्ट्रिय रुपमा प्रचारको लागि शंखधर शाख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान बन्न आवश्यक रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले राष्ट्रिय स्तरको प्रतिष्ठान भएमात्रै नेपाल सवत र शंखधर शाख्वाको इतिहास र योगदानको प्रचार हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति एउटा समा समारोह गर्न मात्रै गठन भएको जस्तो भएको छ । हाम्रो प्रचलन पनि त्यस्तै छन् । त्यसैले शंखधर शाख्वाका नाममा काम गर्ने कतिपय संस्थाहरु पनि छन् । शंखधर शाख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान आवश्यकता रहेको छ । त्यस्ता प्रतिष्ठानहरु छन् । तर राष्ट्रिय रुपमा नै स्वीकार्य गर्ने रुपमा वा राष्ट्रिय रुपमा प्रतिनिधित्व हुने गरी प्रष्ठिान विकास गरेर अगाडि बढाउनसक्यौ भने शाख्वाका जीवन,योगदान र इतिहासका विषयमा राष्ट्रिय स्तरमा जानकारी लिन सहज हुनसक्छ ।

उहाँले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन पर्यटन मन्त्रालयले गर्नुपर्ने आवश्यक काम अगाडि बढाउन मन्त्रालय तयार रहेको पनि बताउनु भयो ।