• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन



काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिनुभएको छ ।

मंगलवार संसदीय समितिका सभापतिहरु र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरुलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिनुभएको हो । उहाँले समितिमा छलफलको क्रममा रहेका विधेयकहरुलाई संसदको आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै बैठक बसि टुंग्याउन निर्देशन दिनुभएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरुको अवस्थाको बारेमा जानकारी लिएको बताउनु भयो । उहाँले आगामी अधिवेशनमा संसदमा आउने अवस्थामा के कति विधेयकहरु छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउनेगरी तयारीस्वरुप बैठक राखिएको बताउनु भयो । सभामुख घिमिरेले आवश्यक पर्दा आगामी अधिवेशनलाई सहज रुपमा अगाडी बढाउनका लागि राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो बैठकले समितिमा गएका विधेयकहरु छलफल कसरी भइरहेको छ ? समितिका बैठकहरु कसरी चलिरहेका छन् ? र समितिबाट विधेयक पारित भएर प्रतिवेदनको रुपबाट आउने तयारी कहाँ पुगेको छ ? ताकि अब आउने अधिवेशनमा हाम्रो विधेयकहरु पेश हुनसक्ने कुराको स्थिति कहाँ पुग्यो भन्नेकुराको जानकारी राख्ने, त्यसमा केही समस्याहरु छन्, समस्याको निराकरण खोज्ने, समस्या छैनन् तिनलाई बुझ्ने र आउँदो अधिवेशनको तयारी गर्ने सन्दर्भमा आयोजित बैठक थियो । स्थितिको जानकारी प्राप्त भयो । विधेयकहरु अझैपनि कतिपय छलफल भएर टुंगिएका छैनन् । तिनीहरुलाई अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै छिटो समितिका बैठकहरु बस्ने । बनेका उपसमितिका बैठकहरुले पनि समितिलाई प्रतिवेदनहरु दिने र यसलाई छिटो टुंग्याउने काममा गति दिने कुरामा छलफल र एउटा भावनात्मक वा निर्णय, निष्कर्षमा पुगेर बैठक सकिएको छ । आजपनि मैले के आव्हान गरेको छु भने हाम्रो तयारी गरौँ । अधिवेशनमा आउने अप्ठ्याराहरुलाई हल गर्नका लागि सबैले भुमिका निर्वाह गरौँ । ताकि तयारीका साथ अगाडी जान सकोस् भन्ने कुरा हो । यो पनि एउटा पहल हो । आवश्यक परेमा शिर्ष तहमा छलफल संयुक्त, अलग–अलग रुपमा गर्छु ।’

बैठकपछि अर्थ समितिका सभापति सन्तोष चालिसेले सभामुखले समितिमा रहेका विधेयकलाई चाँडोभन्दा चाँडो पारित गरेर ल्याउन निर्देशन दिनुभएको बताउनु भयो । उहाँले समितिको बैठक बस्दा गणपूरक संख्या नपुग्ने समस्या रहेको भन्दै समितिलाई परेका अपm्ठ्याराहरुको बारेमा पनि समिति सभापतिहरुले सभामुख समक्ष राखेका जानकारी दिनुभयो । उहाँले आगामी बजेटमा संसदीय समितिहरुलाई पनि पर्याप्त बजेट विनियोजन गर्न ध्यानाकर्षण गराइएको पनि बताउनु भयो । उहाँले समिति बैठकमा सांसदहरुको अनिवार्य उपस्थितिका लागि दलका सचेतकहरुलाई पनि आग्रह गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसदीय समितिको भुमिका कमजोर भयो । भएका विधेयकहरु आएनन् । समितिमा अड्किइरह्यो । त्यसलाई चाँडोभन्दा चाँडो समितिले छलफल गराएर निष्कर्षसहित पास गरेर ल्याउनुपर्‍यो भन्ने कुरा उहाँको निर्देशन भयो । हामीले के राख्यौँ भने समितिका सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा पनि जानु जरुरी छ । त्यहाँ जाँदा र संसद बैठकमा जाँदै गर्दा समितिमा आउनलाई समय नसकेको अवस्था छ । समिति बैठकमा कोरम नपुगेर छोड्नुपरेको अवस्था । यसलाई कसरी समाधान गर्ने ? सबै साथीहरुलाई कसरी लिएर आउने वातावरण हुन्छ त ? यसले गर्दा आज सचेतकहरुलाई पनि बोलाएर सबै पार्टीले यसमा भुमिका खेल्नुपर्‍यो भनेर कुरा राखेका छौँ । आगामी बजेटमा संसदीय समितिलाई पर्याप्त बजेट भएन भने धेरै कुरामा हामी अड्किएका छौँ । आगामी दिनमा यो नहोस् भनेर राखेका छौँ ।’

उहाँले समिति सभापतिहरुसँग सभामुखले महिनाको एकपटक बैठक बस्ने निर्णय गरिएको पनि बताउनु भयो ।