२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यकः मन्त्री श्रेष्ठ(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल सवत न्हूँद विषय विद्वत्गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले नेपाल सवत्लाई राष्ट्रिय रुपमा मान्यता दिनको लागि राष्ट्रिय स्तरमा नै काम गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति समारोह गर्नका लागि मात्रै गठन भएको हो की जस्तो भान हुने गरेको बताउनु भयो । उहाँले अहिले शंखधर शाख्वाका नाममा काम गर्ने धेरै संस्थाहरु भएपनि राष्ट्रिय रुपमा प्रचार हुन नसकेको बताउनु भयो । उहाँले राष्ट्रिय रुपमा प्रचारको लागि शंखधर शाख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान बन्न आवश्यक रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले राष्ट्रिय स्तरको प्रतिष्ठान भएमात्रै नेपाल सवत र शंखधर शाख्वाको इतिहास र योगदानको प्रचार हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति एउटा समा समारोह गर्न मात्रै गठन भएको जस्तो भएको छ । हाम्रो प्रचलन पनि त्यस्तै छन् । त्यसैले शंखधर शाख्वाका नाममा काम गर्ने कतिपय संस्थाहरु पनि छन् । शंखधर शाख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान आवश्यकता रहेको छ । त्यस्ता प्रतिष्ठानहरु छन् । तर राष्ट्रिय रुपमा नै स्वीकार्य गर्ने रुपमा वा राष्ट्रिय रुपमा प्रतिनिधित्व हुने गरी प्रष्ठिान विकास गरेर अगाडि बढाउनसक्यौ भने शाख्वाका जीवन,योगदान र इतिहासका विषयमा राष्ट्रिय स्तरमा जानकारी लिन सहज हुनसक्छ ।

उहाँले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन पर्यटन मन्त्रालयले गर्नुपर्ने आवश्यक काम अगाडि बढाउन मन्त्रालय तयार रहेको पनि बताउनु भयो ।




भर्खरै