१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन: ओली

कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन: ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताउनुभएको छ ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै उहाँले सो अडान राख्नुभएको हो । अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण गर्दा केही पनि नब्रिगिएको बताउनु भयो । साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिग्र्र्र्र्र्रने ओलीको तर्क थियो । उहाँले कोशी प्रदेशको नामाकरणलाई लिएर कसैले पनि संवेनशील बन्नुपर्ने आवश्यकता नभएको बताउनु भयो । विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, वागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गर्नुभयो । उहाँले समृद्ध नेपाल: सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘ओली धेरैले रुचिका साथ यो निर्वाचनलार्ई हेर्नुभयो । त्यो स्वभाविकै थियो । अनेक प्रकारका भ्रमपूर्ण कुराहरुका अभियान चलेका थिए । कोही एमाले छोडेर गएका मान्छेहरु यतै जिल्लातिरका नेताहरु एमाले हराउन बेस्सरी लागेका थिए । के हो, के हो ? भन्ने पनि पर्‍यो होला । कोही कोही पहिचान भनेको के हो, के हो ? के लाई पहिचान भन्ने ? हामी सबै नेपाली हौं । पहिलो पहिचान हाम्रो त्यो हो । हामी धनि भयौं भने धनि नेपाली, गरिव भयौ भने दुनियाँले हेप्ने गरिव नेपाली । त्यही हो पहिचान । हामीले राम्रो पढ्न, लेख्न पायौं भने विद्वान नेपाली, पढ्न, लेख्न पाएनौ भने निरक्षर बुद्धु नेपाली । कसले टेर्छ नेपालीलाई ? हामीले व्यक्तिगत पहिचान बनाउन खोज्यौ भने त्यसले कोही सफल हुन सक्दैन । आज सुहाङ नेम्वाङ सफल हुनु भएको छ । एक्लै वीर भएर हो र ? तमाम जनताले साथ दिएका छन् । यत्रो कार्यकर्ता पंक्ति लागेको छ । त्यसकारण सफल हुनुभएको हो ।’

‘समूहको कारणले त्यो सम्भव भएको हो । पहिचान के हो ? भन्दा सुहाङ नेम्वाङको झण्डाको, त्यो झण्डाको अर्थ के हो ? समृद्ध नेपाल: सुखी नेपाली । समृद्ध नेपाल: सुखी नेपाली भनेपछि त्यहीँ हो पहिचान । पहिचानको कुरा होइन । त्यो त प्रदेशको नामको कुरा हो । कुनै जाति विशेषको, कुनै व्यक्ति विशेषको, कुनै थर विशेषको आदिको पहिचानको कुरा होइन प्रदेशको नाम । पहिले पनि जतिबेला बाँडिएको थियो, त्यसैगरी बाँडिएका हुन्थे । मेची अञ्चल थियो, कोशी अञ्चल थियो । त्यही थिएन र ? मेची अञ्चल थियो, कोशी अञ्चल थियो । वागमती अञ्चल थियो । गण्डकी अञ्चल थियो । नारायणी अञ्चल थियो । कर्णाली अञ्चल थियो । सेती अञ्चल थियो, महाकाली अञ्चल थियो । यस्तै न थिए अञ्चल । तसर्थ यो धेरै ठूलो कुरा होइन । यसलाई धेरै संवेदनशीले बनाउनुपर्ने केही पनि छैन । साझा नाम राख्दाखेरी केही पनि बिग्रिँदैन । साझा नाम राख्दा अघि सुहाङजीले भन्नुभएजस्तै हामी सयौं थुंगा फूलका एउटै माला नेपाली हौं ।’

अध्यक्ष ओलीले अनेकौ भ्रमपूर्ण कुराहरुलाई चिर्दै एमालेलाई विजयी गराएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई धन्यवाद व्यक्त गर्नुभयो ।