२३ मंसिर २०८२, मंगलवार
,
Latest
‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा एनपिएलमा ३६ अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन: ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताउनुभएको छ ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै उहाँले सो अडान राख्नुभएको हो । अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण गर्दा केही पनि नब्रिगिएको बताउनु भयो । साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिग्र्र्र्र्र्रने ओलीको तर्क थियो । उहाँले कोशी प्रदेशको नामाकरणलाई लिएर कसैले पनि संवेनशील बन्नुपर्ने आवश्यकता नभएको बताउनु भयो । विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, वागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गर्नुभयो । उहाँले समृद्ध नेपाल: सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘ओली धेरैले रुचिका साथ यो निर्वाचनलार्ई हेर्नुभयो । त्यो स्वभाविकै थियो । अनेक प्रकारका भ्रमपूर्ण कुराहरुका अभियान चलेका थिए । कोही एमाले छोडेर गएका मान्छेहरु यतै जिल्लातिरका नेताहरु एमाले हराउन बेस्सरी लागेका थिए । के हो, के हो ? भन्ने पनि पर्‍यो होला । कोही कोही पहिचान भनेको के हो, के हो ? के लाई पहिचान भन्ने ? हामी सबै नेपाली हौं । पहिलो पहिचान हाम्रो त्यो हो । हामी धनि भयौं भने धनि नेपाली, गरिव भयौ भने दुनियाँले हेप्ने गरिव नेपाली । त्यही हो पहिचान । हामीले राम्रो पढ्न, लेख्न पायौं भने विद्वान नेपाली, पढ्न, लेख्न पाएनौ भने निरक्षर बुद्धु नेपाली । कसले टेर्छ नेपालीलाई ? हामीले व्यक्तिगत पहिचान बनाउन खोज्यौ भने त्यसले कोही सफल हुन सक्दैन । आज सुहाङ नेम्वाङ सफल हुनु भएको छ । एक्लै वीर भएर हो र ? तमाम जनताले साथ दिएका छन् । यत्रो कार्यकर्ता पंक्ति लागेको छ । त्यसकारण सफल हुनुभएको हो ।’

‘समूहको कारणले त्यो सम्भव भएको हो । पहिचान के हो ? भन्दा सुहाङ नेम्वाङको झण्डाको, त्यो झण्डाको अर्थ के हो ? समृद्ध नेपाल: सुखी नेपाली । समृद्ध नेपाल: सुखी नेपाली भनेपछि त्यहीँ हो पहिचान । पहिचानको कुरा होइन । त्यो त प्रदेशको नामको कुरा हो । कुनै जाति विशेषको, कुनै व्यक्ति विशेषको, कुनै थर विशेषको आदिको पहिचानको कुरा होइन प्रदेशको नाम । पहिले पनि जतिबेला बाँडिएको थियो, त्यसैगरी बाँडिएका हुन्थे । मेची अञ्चल थियो, कोशी अञ्चल थियो । त्यही थिएन र ? मेची अञ्चल थियो, कोशी अञ्चल थियो । वागमती अञ्चल थियो । गण्डकी अञ्चल थियो । नारायणी अञ्चल थियो । कर्णाली अञ्चल थियो । सेती अञ्चल थियो, महाकाली अञ्चल थियो । यस्तै न थिए अञ्चल । तसर्थ यो धेरै ठूलो कुरा होइन । यसलाई धेरै संवेदनशीले बनाउनुपर्ने केही पनि छैन । साझा नाम राख्दाखेरी केही पनि बिग्रिँदैन । साझा नाम राख्दा अघि सुहाङजीले भन्नुभएजस्तै हामी सयौं थुंगा फूलका एउटै माला नेपाली हौं ।’

अध्यक्ष ओलीले अनेकौ भ्रमपूर्ण कुराहरुलाई चिर्दै एमालेलाई विजयी गराएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई धन्यवाद व्यक्त गर्नुभयो ।