१९ श्रावण २०८३, मंगलवार
,
Latest
मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण श्रेष्ठ र यमनको पलेँटी आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल: आधिकारिक सूचना अधिकारी खटाइने सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले गरेनन् सरकारलाई सहयोग, मन्त्री रावलले खोजिन् विपक्षीको सहयोग गृहमन्त्रीको भ्रमण र सम्झौताबारे सरकारको स्पष्टीकरणः कुनै ठोस सम्झौता भएको छैन रामबहादुरलाई वाइल्ड कार्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जित्यो



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरका लागि गजेन्द्र बोहोराले अविजित ३९ रन बनाए । दीपक बोहोराले २५ रन बनाए भने अनुराग सिंहले २२ रन जोडे ।

यता लुम्बिनीका लागि रमेश कुर्मीले २ विकेट लिए भने निर्मल गुरुङ र अभिषेक गौतमले समान १/१ विकेट विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी २९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन जोडे ।

सुदूरपश्चिमका लागि मिलन बोहोरा एक्लैले ५ विकेट लिए भने हेमन्त धामी र नरेन साउदले समान २/२ विकेट लिए । यस उपाधिसँगै सुदूरले रु दुई लाख प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको लुम्बिनीले रु एक लाख पायो । यही मङ्सिर ७ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित सात प्रदेशको सहभागिता रहेको थियो ।