• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

ज्ञानेन्द्र मल्लको अर्धशतक



काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तरगत नामिबियासँगको एकदिवसीय खेलमा पुर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा भईरहेको खेलमा मल्लले ६० बलमा ४ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय २३ रन बनाएको छ ।

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।