• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   धनुषाबाट आठ दिनदेखि बेपत्ता महिलाको शव फेला ★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले

धनगढी तनावग्रस्त, डेढ दर्जन सेल अश्रुग्याँस प्रहार



काठमाडौँ। धनगढी अहिले तनावग्रस्त बनेको छ । विद्यार्थीहरु निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि परिस्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो । जिल्ला प्रशासन कार्यलय कैलालीले निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासमा प्रहरीले डेढ दर्जनजति अश्रुग्यास प्रहार गरेपछि विद्यार्थीहरु तितरबितर भएका थिए । प्रहरीले विद्यार्थी र महिला गरी ११ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

ग्रेडरको ठक्करबाट १५ वर्षीय चेतना साउदको मृत्यु भएपछि विद्यार्थीले प्रदर्शन गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरेको हो । विद्यार्थीहरुले न्याय र दोषीमाथि कडा कारवाहीको माग गर्दै बिहीबार बिहानैदेखि हिंसात्मक प्रदर्शन गरेका थिए ।

उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत साउदको मृत्यु भएपछि सो विद्यालयका विद्यार्थीहरुले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए र उनीहरुले घटनास्थलबाट शवलाई उठाउन दिएका थिएनन् ।

प्रशासनले बिहीबार साँझदेखि नै निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञापछि प्रहरीले शव उठाएर लगेको थियो । त्यसक्रममा विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।