२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेजेन्ड फुटबल खेलाडी पेले अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । क्यान्सर पीडित ब्राजिलका लेजेन्ड फुटबल खेलाडी पेले बुधबार अस्पताल भर्ना भएका छन् ।

ब्राजिलका सर्वाधिक गोलकर्ता ८२ वर्षीय पेले साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका हुन् ।

पेलेका छोरी केली नासिमेन्टोले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, “त्यहाँ कुनै आपतकालीन वा नयाँ भयानक अवस्था छैन । म नयाँ वर्षको लागि त्यहाँ हुनेछु र केही तस्बिरहरू पोस्ट गर्ने वाचा गर्दछु ।’

पेलेको २०२१ को सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनी नियमित रूपमा उपचारका लागि अस्पताल भर्ना भइरहेका छन् ।

पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् । साथै, उनी चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् ।