२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेजेन्ड फुटबल खेलाडी पेले अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । क्यान्सर पीडित ब्राजिलका लेजेन्ड फुटबल खेलाडी पेले बुधबार अस्पताल भर्ना भएका छन् ।

ब्राजिलका सर्वाधिक गोलकर्ता ८२ वर्षीय पेले साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका हुन् ।

पेलेका छोरी केली नासिमेन्टोले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, “त्यहाँ कुनै आपतकालीन वा नयाँ भयानक अवस्था छैन । म नयाँ वर्षको लागि त्यहाँ हुनेछु र केही तस्बिरहरू पोस्ट गर्ने वाचा गर्दछु ।’

पेलेको २०२१ को सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनी नियमित रूपमा उपचारका लागि अस्पताल भर्ना भइरहेका छन् ।

पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् । साथै, उनी चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् ।