१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर–१ मा ५५४६ मतान्तरले वीना मगरलाई हराउँदै एमालेका तामाङ विजयी



अ+ अ-

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उनले पाँच हजार पाँच सय ४६ मतान्तरले माओवादी केन्द्रकी वीना मगरलाई पराजित गरेका हुन् ।

तामाङले २४ हजार आठ सय ९२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी मगरले १९ हजार तीन सय ४६ मत प्राप्त गरिन् । विसं २०७४ को निर्वाचनमा मगरका सारथी बनेका तामाङले यसपटक मगरलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । तामाङ सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीसमेत हुन् । उनी गत भदौमा मात्रै नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले आठ हजार छ सय ५९ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीवहादुर शाहीले तीन हजार पाँच सय ३० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले एक हजार नौ सय छ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

एकानब्बे हजार एक सय १० मतदाता रहेको यो क्षेत्रमा ६३ हजार छ सय चार जनाले मतदान गरेका थिए । तीन हजार छ सय १४ मत बदर भएको निर्वाच अधिकृतको कार्यालयले जनाएको छ ।