७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षेत्र नं १० को प्रदेश १ मा कांग्रेसका पुकार महर्जन विजयी



अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । पार्टीका क्षेत्रीय सभापतिसमेत रहनुभएका महर्जन लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार आज साँझ काठमाडौँ क्षेत्र नं १० प्रदेश (१) को मतगणना सकिँदा महर्जनले सर्वाधिक १० हजार ८२ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेशराज सापकोटाले सात हजार चार सय मत पाउनुभएको छ ।