२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकपः इक्वेडरले कतारलाई हरायो



अ+ अ-

एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत आयोजक राष्ट्र कतारले पहिलो खेलमै हार ब्यहोरेको छ ।

आइतबार राति सम्पन्न खेलमा कतार इक्वेडरसँग २-० गोलले स्तब्ध बनेको हो । उद्घाटन खेलमा इक्वेडरलाई जित दिलाउन दुबै गोल एनर भ्यालेन्सियाले गरे ।

उनले खेलको १६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इक्वेडरलाई सुरुवाती अग्रता दिलाए । यस्तै, ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले इक्वेडरको अग्रता दोब्बर पारे । उनले हेडरमार्फत गोल गरेका हुन् । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

खेलको तेस्रो मिनेटमा भ्यालेन्सियाले नै गरेको गोलले मान्यता पाएन । उनी अफसाइड रहे । जितसँगै समूह ए मा इक्वेडरले महत्वपूर्ण तीन अंक बटुल्दै शीर्षस्थानमा रहेको छ ।