२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकपः इक्वेडरले कतारलाई हरायो



अ+ अ-

एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत आयोजक राष्ट्र कतारले पहिलो खेलमै हार ब्यहोरेको छ ।

आइतबार राति सम्पन्न खेलमा कतार इक्वेडरसँग २-० गोलले स्तब्ध बनेको हो । उद्घाटन खेलमा इक्वेडरलाई जित दिलाउन दुबै गोल एनर भ्यालेन्सियाले गरे ।

उनले खेलको १६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इक्वेडरलाई सुरुवाती अग्रता दिलाए । यस्तै, ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले इक्वेडरको अग्रता दोब्बर पारे । उनले हेडरमार्फत गोल गरेका हुन् । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

खेलको तेस्रो मिनेटमा भ्यालेन्सियाले नै गरेको गोलले मान्यता पाएन । उनी अफसाइड रहे । जितसँगै समूह ए मा इक्वेडरले महत्वपूर्ण तीन अंक बटुल्दै शीर्षस्थानमा रहेको छ ।