२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको बुढीगंगामा रोकिएको मतदान पुनः सुचारु



अ+ अ-

मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ स्थित बुढीगंगा गाउँपालिकाको एक मतदानस्थलमा मतदान कार्य पुनः सुचारु भएको छ ।

बिहान विष्फोटको आवाजसँगै मतदानस्थलमा केही समस्या देखिए पनि हाल सो क्षेत्रमा मतदान कार्य सुरु भइसकेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

बिहान करिब पौने १० बजे मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको अवस्थामा ठूलो आवाजसहित विष्फोट भएको थियो । विष्फोटसँगै मतदाताबीच केही समय भागदौड र त्रास देखिएको थियो ।