९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने

महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
अ अ+ अ-

काठमाडाैँ ।  महोत्तरीको रामगोपालपुर नगरपालिकाले रसुवा बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ३१ लाख ३५ हजार १३४ सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरप्रमुख रामदुलार साहले जानकारी दिनुभयो । उहाँका अनुसार सहयोग रकम नगरपालिकाको आन्तरिक स्रोत, जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकको योगदानबाट जुटाइएको हो ।

“राहतका लागि नगर बजेटको आन्तरिक स्रोत, जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकको योगदान रहेको छ,” नगरप्रमुख साहले भन्नुभयो, “यस्ता विपद्मा मन खोलेर सहयोग गर्न सबै पक्षसँग अपिल गरेका छौँ ।”

यसअघि महोत्तरीका गौशाला, बर्दिबास, भङ्गाहा, औरही र मटिहानी नगरपालिकाले बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ४७ लाख ५० हजार पठाइसकेका छन् ।

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेका छन् ।