९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कालिका विद्यापीठ: समाजसेवी सापकोटाको सपना

कालिका विद्यापीठ: समाजसेवी सापकोटाको सपना
अ अ+ अ-

चितवन । करिब दुई साताअघि राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा गैँडाकोटका समाजसेवी तिलक सापकोटालाई भेट्न उहाँको निवास पुग्नुभयो । साथमा म पनि थिएँ । हामीलाई भेटेपछि सापकोटाको पहिलो गुनासो थियो, “लौन कालिका संस्कृत विद्यापीठमा आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा विज्ञान र थापत्य शास्त्रको पठनपाठनका लागि पहल गरिदिनुप¥यो । हामीले प्रक्रिया त अघि बढाएका छौँ अब यहाँहरुले सञ्चारमाध्यमबाट पनि दबाब दिनुप¥यो ।”

जीवनका पछिल्ला दिनहरुलाई उहाँले यही विद्यापीठको विकास र विस्तारमा लगाउनुभएको थियो । विद्यापीठको विकास र विस्तारमा उहाँ समर्पित हुनुहुन्थ्यो । सञ्चारमाध्यममार्फत विद्यापीठमा ती कार्यक्रम सञ्चालनका लागि पहल र दबाब दिन उहाँले हामीलाई पनि आग्रह गर्नुभयो । मैले एकदुई दिनमा भेटेर यस विषयमा समाचार बनाउने उहाँलाई बताएँ ।

अक्सिजनको सहायतामा घरमा आराम गरिरहनुभएका सापकोटामा आफू अस्वस्थ हुँदा पनि ऊर्जामा कुनै कमी थिएन । आफ्नै पहलमा स्थापना भएको विद्यापीठमा महत्वपूर्ण शैक्षिक कार्यक्रम ल्याउने उहाँको सपना अन्तिम अवस्थासम्म पनि रही नै रह्यो । हामीलाई गुनासो गरेको पाचौँ दिन ९कात्तिक २३ गते० उहाँ त्यही आधुरो सपना बोकेर सदाका लागि बिदा हुनुभयो ।

विद्यापीठको बाटो भएर सापकोटाको पार्थिव शरीरलाई नारायणी नदीतर्फ लैजाँदै गर्दा विद्यपीठका उपाध्यक्ष एवं गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले सापकोटाको अधुरो सपना पूरा गर्नेतर्फ आफू लाग्ने प्रण गर्नुभयो । कात्तिक २५ गते गैँडाकोटस्थित उहाँको घरबाट सुरु भएको शवयात्राका क्रममा उहाँलाई सो विद्यापीठमा एकै छिन राखियो र उहाँप्रति श्रद्धाञ्जली अर्पण गरियो । त्यस क्रममा त्यहाँका प्राध्यापक एवं कर्मचारी स्तब्ध थिए, केही बोल्न सकिरहेका थिएनन्, धेरैका आँखामा आँसु थिए । उनीहरु भन्दै थिए, “यो विद्यापीठले उहाँलाई अमर बनाउने छ । गैँडाकोट मात्रै नभएर सिंगो नेपालकै सामाजिक क्षेत्रको एक धरोहरको सपना रहेकाले आफूहरुले पूरा गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी ।

विसं २०६० मा उहाँले आफ्नै पहलमा सो विद्यापीठको स्थापना गर्नुभएको थियो । नेपाल सरकारको ८ नं प्रति जग्गामा भोगाधिकार लिएर ३२ रोपनी जग्गामा अहिले विद्यापीठ छ । विद्यापीठका प्राचार्य सहप्राध्यापक डा।रामचन्द्र कँडेलका अनुसार सापकोटाकै पहलमा जग्गा प्राप्तिदेखिका सबै काम हुँदै आएका थिए । हाल विद्यापीठमा राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धनमा कक्षा ११ र १२ को पढाइ हुन्छ भने नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा संस्कृत विषयमा शास्त्री तहको पढाइ हुँदै आएको छ । जहाँ दलित समुदायका व्यक्ति एवं छात्राहरु पनि अध्ययनरत छन् ।

सुरुआती चरणमा उत्तरमध्यमाको पढाइबाट विद्यापीठ सुरु गरिएको हो । सुरुमा ४१ जना विद्यार्थीबाट थालिएको पठनपाठनका काम पछि उत्तर मध्यमा खारेज भएसँगै कक्षा ११ र १२ पनि सुरु भयो । विसं २०६७ मा विद्यापीठले आंगिक मान्यता पायो । अहिले विद्यापीठमा ९६ जना विद्यार्थी अध्ययनरत छन् । आङ्गिक पाएसँगै शास्त्रीको पढाइ थालिएको कँडेलले जानकारी दिनुभयो ।

विद्यापीठ स्थापना गर्दै गर्दा धेरै कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको छ । विद्यापीठको भुइँतला मात्रै नौ हजार दुई सय चार वर्गफिट छ । यो तीन तले भवन छ । कँडेल भन्नुहुन्छ, “ठूलो भवन बनाउँदै गर्दा धेरै कार्यक्रम हामीले सञ्चालन गर्ने उद्देश्य राखेका हौँ ।” नेपाल सरकारको रु एक करोड र विसं २०६१ मा ज्ञान महायज्ञ लगाएर रु ८० लाख नगद सङ्कलन गरेर सोही भवनमा खर्च गरिएको छ । सापकोटाकै नेतृत्वमा भएको महायज्ञमा गैंडाकोटवासीले स्वतस्फूर्त सहयोग गरेका हुन् ।

हरेक वर्ष राज्यका तर्फबाट सहयोग भने आइरहेको छ । कँडेल भन्नुहुन्छ “अध्यक्ष तिलक सापकोटा उभिएपछि स्थानीय, प्रदेश र सङ्घबाट सहयोग गर्न धेरै तयार हुँदै आएका थिए । तर शैक्षिक कार्यक्रम भने ल्याउन सकिएन ।”

शास्त्रीसँगै नेपाल सँस्कृत विश्वविद्यालयमा रहेका आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा विज्ञान र थापत्य शास्त्र ९वास्तु इञ्जिनियरिङ० यिनीहरु सञ्चालन गर्ने संकल्प उहाँमा थियो । धेरै खर्चिलो हुने भएकाले समुदायले सञ्चालन गर्न नसक्ने हुँदा सरकारसँग हारगुहार गरिएको कँडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो “सापकोटाको अन्तिम ईच्छा यी कार्यक्रम सञ्चालन गर्नु थियो । उहाँप्रति सच्चा श्रद्धाञ्जलीका लागि यी कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”

कार्यक्रमका लागि उहाँले त्यसै क्षेत्रका सांसद प्राडा शशाङ्क कोइरालासहितको सहयोग लिएर विभिन्न निकायमा धाइरहनुभएको थियो । कँडेल सापकोटा नलागेको भए गैँडाकोटमा विद्यापीठ नै आउन सम्भव नरहेको बताउनुहुन्छ । यसलाई स्थापना र आंगिक बनाउनेमा सांसद प्राडा कोइराला, शङ्करप्रसाद पाण्डे, तत्कालिन संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा माधवराज गौतमको योगदान रहेको छ । सापकोटाको आग्रहमा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको अनुरोधपछि प्रधानमन्त्री माधवकुमार नेपालले विद्यापीठलाई आङ्गिकको निर्णय गराउनु भएको कँडेलको भनाइ छ । संस्थाप्रतिको समर्पण निकै रहेको स्मरण गर्दै कँडेलले भन्नुभयो, “उहाँले राती १२ बजे पनि फोन गरेर भोलि बिहानै डेलिगेसन जानुपर्छ भन्नुहुन्थ्यो ।”

थप कार्यक्रमका लागि संस्कृत विश्वविद्यालय, शिक्षा मन्त्रालय, गण्डकी प्रदेश सरकार लगायतका निकायमा फाईल पेस गरिएका छन् । कँडेलले भन्नुभयो, “पछिल्ला वर्षहरुमा घरमा जो भेट्न आए पनि सापकोटाले यिनै कार्यक्रमका लागि पहल गर्न अनुरोध गर्नुहुन्थ्यो ।” यी कार्यक्रमका लागि अक्सिजन साथमा बोकेर विश्वविद्यालय, शिक्षा मन्त्रालय, गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई भेट्न उहाँ स्वयं पुग्नुभएको छ । आफू अस्वस्थ रहँदा पनि उहाँमा सधैँ यो चिन्ता हुने गरेको विद्यापीठका कोषाध्यक्ष ओमप्रसाद सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार पाठ्यक्रम नै बनाएर विश्वविद्यालयमा पेस गरिएको छ । उहाँले भन्नुभयो “बाँचुन्जेल उहाँले सङ्घर्ष गरेर परिकल्पना गरेको विद्यापीठका कार्यक्रम सञ्चालन गरेर उहाँका सपना पूरा गर्नुपर्छ ।” उहाँको मुख्य उद्देश्य संस्कृत भाषाको संरक्षण र जगेर्ना गर्नु रहेको थियो । संस्कृत, संस्कार, वैदिक दर्शन, संस्कृत वाङ्मय, भाषामा शुद्धता उहाँका चिन्ताका विषय हुने गरेको ओमप्रसाद बताउनुहुन्छ । विद्यापीठका बरिष्ठ सदस्य केशवप्रसाद सापकोटा उहाँले सामाजिक र राजनीतिक क्षेत्रमा धेरै काम गरेको स्मरण गर्दै सबैभन्दा बढी लगाव पिद्यापीठ र त्यसका कार्यक्रम रहेको बताउनुहुन्छ ।

नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा मतिप्रसाद ढकाल स्वर्गीय तिलक सापकोटाजस्ता समाजसेवी एवं शत्पात्रको सपना पूरा गर्न पनि कालिका विद्यापीठमा उहाँले कल्पना गर्नुभएको आयुर्वेद लगायतको विषयमा पठनपाठन सुरु गर्नुपर्छ भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘म त भन्छु कालिका विद्यापीठमा मात्र नभएर मुलुकका हजारौँ हजार क्याम्पसमा आयुर्वेद विषयको पठन पाठन तत्कालै सुरु गर्नुपर्छ । हाम्र बहुमूल्य औषधीय जडीबुटी वनस्ततिहरु गुन्द्रुकको भाउमा विदेसिएका छन् र तिनै जडीबुटीमा अनेकथरी रसायन मिसाएर महंगो औषधीका रुपमा स्वदेश भित्रिन्छन् र हामी तिनै औषधी सेवन गर्न बाध्य भएका छौँ ।’’

डा ढकालको सुझाव छ, ‘‘स्वदेशका औषधीय मूल्य भएका असङ्ख्य जडीबुटीको सदुपयोग गरी आयुर्वेक चिकित्सा पद्दतिको विकास गर्नुपर्ने उहाँको भनाइ छ । औषधि खरिदका लागि बर्सेनि हाम्रो अरबौँ रुपैयाँ बाहिरिन्छ तर हामीसँग उपलब्ध भएका औषधीय वन वनस्पतिको सदुयोग गरी आयुर्वेद शिक्षाको प्रवद्र्धमा लाग्न सकेका छैनौँ, यसप्रति राज्यको ध्यान जतिसक्दो चाँडै पुगोस् ।’’ रासस