२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको राष्ट्रपतिमा सपथ लिँदै ट्रम्पले भने– आप्रवासी फिर्ता प्रक्रिया शुरु हुनेछ



अ+ अ-

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएका छन् । रिपब्लिकन पार्टीका तर्फबाट चुनाव जितेका ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् ।

अमेरिकामा गत नोभेम्बर ५ मा भएको राष्ट्रपतीय चुनावमा ट्रम्प निर्वाचित भएका थिए । उनलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले राजधानी वासिङ्टन डिसीस्थित संसद् भवन युएस क्यापिटल हिलको रोटुण्डा भवनमा आयोजित विशेष समारोहमा सपथ गराएका हुन् ।

ट्रम्पले ’म यो कुराको गम्भीरतापूर्वक शपथ लिन्छु कि म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदलाई निष्ठापूर्वक निर्वाह गर्ने छु र आफ्नो पूर्ण क्षमताअनुसार अमेरिकाको संविधानको संरक्षण, बचाउ र रक्षा गर्ने छु’ भन्ने वाक्यांश वाचन गरेसँगै औपचारिक रूपमा अमेरिकाको ४७ औं राष्ट्रपति बनेका हुन् । यसअघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए ।

सपथ ग्रहण समारोहमा सहभागी हुँदै ट्रम्पले आफ्नो सम्वोधनमा भने, ‘आजदेखि अमेरिकाको स्वर्ण युग सुरु भयो । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म साफसँग भन्न चाहन्छु कि म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु ।’

राष्ट्रपति ट्रम्पले अमेरिकाको सम्प्रभुता, सुरक्षा र न्यायको सन्तुलन कायम गरिने बताएका छन् ।

राष्ट्रपति बनेकै दिन उनले अमेरिका–मेक्सिको सीमानामा राष्ट्रिय संकटकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रम राखेर ट्रम्पले आप्रवासीहरुप्रति कडा नीति अख्तियार गर्ने अनुमानलाई बल प्रदान गरेका छन् ।

बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले यो पनि भनेका छन् कि अमेरिकामा अबैधानिक रुपमा बसोबास गरिरहेकाहरुलाई उनीहरुको देशमा फिर्ता पठाइने प्रक्रिया सुरु गरिने छ ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुग्दा उनलाई ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले स्वागत गरेका थिए ।