२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने सुनिल शर्माको घोषणा बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका र जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्पडेस्क राख्न निर्देशन राप्रपाका ४८ जिल्लामा अधिवेशन सम्पन्न, भदौ मसान्तभित्र सबै जिल्ला सक्ने तयारी बुवाको निःस्वार्थ प्रेमलाई गीतमा उतारियो, ‘बाबा पनि आमै हुन्’ नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीसँग गरे छलफल नीतिगत अस्थिरता र कानुनी जटिलता आर्थिक विकासका प्रमुख बाधक : सीएनआई अध्यक्ष पाण्डे भोटेकोशी बाढीपीडित उद्योगी–व्यवसायीलाई पाँच वर्षसम्म कर छुट दिन महासंघको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

खो खो विश्वकप उपविजेता नेपाली टोलीलाई भव्य स्वागत



अ+ अ-

काठमाडौं। खोखो विश्वकपमा महिला र पुरुष दुवैतर्फ उपविजेता बनेको नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ ।

 खो खो विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदिप महर्जन लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति भएको फाइनलमा पुरुष र महिलातर्फ नेपाल घरेलु टोली भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

पुरूषतर्फ नेपाल भारतसँग ५४–३६ ले पराजित हुँदा महिलातर्फ पनि भारतसँगै ७८–४० ले पराजित भएको थियो । कुनै पनि खेलको टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो नै पहिलोपटक हो ।