८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ह्वाइट हाउस प्रवेश गर्दै ट्रम्पः सय भन्दा बढी आदेश जारी गरिने

ह्वाइट हाउस प्रवेश गर्दै ट्रम्पः सय भन्दा बढी आदेश जारी गरिने
अ अ+ अ-

वासिङ्गटन डिसी । अन्ततः संयुक्त राज्य अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प ह्वाइट हाउस प्रवेश गर्न लाग्नुभएको छ । अहिले राति करिब ११ बजे ट्रम्पले डिसीस्थित एक भव्य समारोहमा पद तथा गोपनीयताको शपथ लिएसँगै उहाँ ह्वाइट हाउस प्रवेश गर्नुहुनेछ । विश्व राजनीतिको शक्तिशाली मानिने अमेरिकी राष्ट्रपति पदको यो बहाली सम्भवत विश्वकै चासोको विषय पनि हो । त्यसैले पनि विश्व राजनीतिमा यसलाई निकै चासो र चर्चाका रुपमा लिने गरिएको पनि छ ।

गत नोभेम्बर ५ मा सम्पन्न निर्वाचनबाट राष्ट्रपति पदमा निर्वाचित भएको व्यक्तिले अमेरिकी संविधानअनुसार जनवरी २० देखि सत्ता सम्हाल्ने प्रचलन छ । शपथ समारोहपश्चात् सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुनेछ । यस लगत्तै राष्ट्रपति ट्रम्प ह्वाइट हाउस प्रवेश गर्नुहुनेछ र त्यसलगत्तै उहाँले  सयभन्दा बढी कार्यकारी आदेशहरु जारी गर्नुहुने तयारी गरिएको बताइएको छ ।

लाखौँ नागरिक सहभागी भएर गरिने शपथ ग्रहण कार्यक्रमलाई यसपटक प्रतिकूल मौसमका कारण बन्द कोठाभित्र गरिने जनाइएको छ । सन् २०१६ मा व्यापारिक पृष्ठभूमिका साथ अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएका ट्रम्पले सन् २०२४ मा आप्रवासनसम्बन्धी नीतिको व्यापक सुधारको वाचासहित दोस्रोपटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । उहाँले जलवायु परिवर्तन, आप्रवासन, स्वास्थ्य समस्या, विदेशी उत्पादनमाथिको कर वृद्धिलगायतका नीति लागू गर्ने उल्लेख गरिसक्नुभएको छ ।

ट्रम्पको शपथ ग्रहणसँगै उपराष्ट्रपतिमा जेडी भ्यान्स, विदेशमन्त्रीमा मार्को रुवियोले कार्यभार सम्हालनुहुनेछ । लामो समयदेखि अमेरिकामा  बस्दै आउनुभएका कानुन व्यवसायी खगेन्द्र जिसी चुनावको बेला ट्रम्पले प्रतिबद्धता जनाउनुभएका विषयमै राष्ट्रपतिको ध्यान केन्द्रित हुने बताउनुहुन्छ । “अमेरिकाको अर्थतन्त्र राम्रै चलिरहेको थियो, रोजगारी पनि सृजना भइरहेको थियो, तर बढ्दो आप्रवासनको समस्या समाधानका लागि नागरिकले मतदान गरेको पाइएको छ, आगामी दिनमा पनि सोहीअनुसार नीति आउने अपेक्षा गर्न सकिन्छ ।”

सामूहिक निकालाको अग्रिम घोषणा 

राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा भन्नुभएको ‘मास डिपोर्टेसन’को अर्थ प्रक्रियाअनुसार एकैपटक धेरैजनालाई अमेरिकाबाट सम्बन्धित देश पठाउने भन्ने हो । गत अक्टोबर २७ मा न्यूयोर्कमा आयोजित -यालीलाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभएको थियो, “मैले सत्ता सम्हालेको पहिलो दिनमै देश निष्कासनको कार्यक्रम ल्याउने छु, जसले अपराध गर्नेहरूलाई अमेरिकाबाट बाहिर पठाउनेछ ।”

अमेरिकाको एक अनुसन्धान कम्पनी पाओ रिसर्चका अनुसार अमेरिकामा सन् २०२२ मा कूल तीन करोड ६९ लाख आप्रवासीसँग बसोबासको अनुमति छ । त्यसमध्ये दुई करोड ३४ लाखले नागरिकता लिइसकेका छन् । त्यसैगरी एक  करोड १५ लाख आप्रवासीले स्थायी बसोबासको सुविधा (ग्रीनकार्ड) प्राप्त गरेका छन् । साथै २० लाखले अस्थायी बसोबासको सुविधा (विभिन्न वर्गका भिसा) प्राप्त गरेका छन् ।

अमेरिकामा करिब एक करोड १० लाख आप्रवासीसँग यहाँ बस्नका लागि वैधानिक अधिकार नभएको अनुमान छ । त्यसमध्ये करिब पाँच लाख आप्रवासीहरू अमेरिकाका विभिन्न न्यायिक एकाइमा आपराधिक क्रियाकलापमा संलग्न भएर सजाय पाएको तथ्याङ्क छ । यिनीहरूलाई देश निकाला गर्ने पहिलो प्राथमिकता रहनसक्ने धेरैको अनुमान छ ।

यसको तथ्याङ्क र जानकारी सरकारी निकाय युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले राखेको हुन्छ । सोही निकायले देश निकालाका लागि गिरफ्तार, हिरासतमा राख्ने र निकालाको व्यवस्था मिलाउने गर्छ । यो विषयमा ट्रम्प प्रशासनले कार्यभार सम्हालेको पहिलो दिन नै कार्यकारी अधिकार प्रयोग गरेर सम्वोधन गर्न सक्ने धेरैको अनुमान छ ।

अमेरिकाका विभिन्न एकाइमा आप्रवासनका लागि बसोबास गर्न निवेदन दिएका छन् । तर निवेदन स्वीकृत नभए उनीहरू पनि देश निकालको सूचीमा पर्न सक्नेछन् । कानून व्यवसायी जिसी पनि आपराधिक पृष्ठभूमि भएका र पहिला नै अदालतले निवेदन स्वीकृत नगरेर देश छोडेर जान आदेश दिइसकेका व्यक्तिलाई पठाउने कार्यक्रम आउनसक्ने आकलन गर्नुहुन्छ ।

नेपालीहरूको हकमा विगतमा अदालतले निवेदन अस्वीकृत गरेर देश छाड्न आदेश दिए पनि अमेरिका नछोडी बसेका केही हजारको सङ्ख्यामा देश निकालाको सूचीमा पर्नसक्ने उहाँको अनुमान छ ।

वैदेशिक सम्बन्धको अवस्था 

निर्वाचित राष्ट्रपति ट्रम्पले इरायल र हमासबीचको युद्ध अन्त्य गर्ने, रुसले–युक्रेनबीचको आक्रमणलाई वार्तामार्फत अन्त्य गर्ने पनि बताउनुभएको छ । यद्यपि उहाँको शपथ ग्रहणअघि नै इजरायल र हमासबीच युद्धविराममा सहमति भए आइतबारदेखि सम्झौता कार्यान्वयनमा आइसकेको छ । अब शपथ ग्रहणपश्चात् रुस–युक्रेनबीचको समस्याले कस्तो रुप लिन्छ त्यो हेर्न बाँकी छ ।

अमेरिकाले विश्वव्यापी रूपमा ठूलो धनराशि खर्च गर्दै आएको छ । तर नागरिकले तिरेको कर परिचालनसम्बन्धी उहाँले नयाँ नीति बनाइ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यससम्बन्धमा पनि उहाँको नयाँ नीति कस्तो हुन्छ धेरैको पर्खाइका विषय बनेको छ । यदि सोहीअनुसार नयाँ नीति आएमा अमेरिकाको सहयोगी निकायहरूले सञ्चालन गर्ने विभिन्न विकास तथा मानवअधिकारसम्बन्धी कार्यक्रमहरू प्रभावित हुनसक्ने आकलन गर्न सकिन्छ ।

अमेरिकासँग व्यापार गरिरहेका केही मुलुकको हकमा वस्तु आयातमा २५ प्रतिशतले कर लागू गर्ने योजनाले भने उनीहरूलाई अमेरिकी बजारमा टिक्न चुनौतीपूर्ण हुने देखिन्छ ।

साथै स्वास्थ्य क्षेत्रमा पनि प्रभाव पर्ने देखिएको छ । विश्वव्यापी रूपमा अमेरिका स्वास्थ्य क्षेत्रमा धेरै रकम खर्च गर्नेमध्येको देशमा पर्छ । अमेरिकाले विश्वव्यापी मानव स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा वार्षिक करिव १० अर्ब डलर खर्च गर्दै आएको छ । यसमा पनि ट्रम्प प्रशासनले अनुदारवादी सोच राख्ने सम्भावना रहेको बुझाइ छ ।

अमेरिकामा ५० वर्षदेखि बस्दै आउनुभएका फर्मासिष्ट डा श्याम कार्कीले भन्नुभयो, “अमेरिकाले विश्वभरिका मानिसहरूलाई स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको छ । खर्च कटौती गरेको खण्डमा त्यसको असर नेपालजस्ता मुलुकलाई पनि पर्नसक्छ, स्वास्थ्यभन्दा पनि आप्रवासी र करसम्बन्धी विषय राष्ट्रपति ट्रम्पको प्रशासनको प्राथमिकतामा पर्ने सम्भावना छ ।”

कार्कीले ‘टेम्पोरेरी प्रोक्टेटेड स्टाटस’बाट लाभ लिएका करिब दस हजार नेपाली आप्रवासीहरूको वैधानिक बसोबासको सुविधा अन्त्य हुनसक्ने बताउनुहुन्छ ।

अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएका तीर्थराज पाण्डेय ट्रम्पको पुनरागमनसँगै लगानीका अवसर सृजना हुने सम्भावना देख्नुहुन्छ । उहाँले भन्नुभयो, “राष्ट्रपतिका रूपमा ट्रम्पलाई यहाँको पुँजीबजारले स्वागत गर्ने अपेक्षा छ, लगानीकर्ताको मनोबल बढाउन राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ न्यूयोर्क स्टक एक्सचेञ्जको भ्रमण पनि गर्नुभएको थियो ।”रासस

फोटो-रासस/ एपी