२९ मंसिर २०८२, सोमबार
,
Latest
राखुका किसानलाई सुन्तला ढुवानीको समस्या लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर पासोमा फसेको चितुवाको उद्धार राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर… एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कनकाई कप–२०८१ : बेलबारी र सिक्किम फाइनलमा



फाइल फोटो
अ+ अ-

झापा। झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी ‘कनकाई कप–२०८१’ भलिबल प्रतियोगितामा मोरङको बेलबारी नगरपालिका र पाहुना टिम भारतको टीभीए सिक्किम फाइनलमा प्रवेश गरेका छन् ।

सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा आज भएको सेमिफाइनलमा विजयी हुँदै बेलबारी र पाहुना टिम सिक्किम फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई २५–२१, २७–२५ र २५–१७ ले पराजित गर्दै मोरङको बेलबारी नगरपालिका फाइनलमा प्रवेश ग(यो भने दोस्रो सेमिफाइनलमा शिवसताक्षी नगरपालिकालाई २५–२२, २५–६ र २५–१७ को स्कोरले पराजित गर्दै टीभीए सिक्किमले फाइनलको यात्रा तय गरेको हो । बेलबारी र सिक्किमबीच फाइनल खेल मङ्गलबार हुनेछ ।

प्रतियोगिताका विजेताले नगद रू एक लाख ११ हजार एक सय ११ र उपविजेताले नगद रू ६१ हजार एक सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका संयोजक जेनिस चौलागाईले जानकारी दिए ।

सर्वोत्कृष्ट खेलाडीले ३२ इञ्चको स्मार्ट रङ्गीन टेलिभिजन र विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई जनही रू पाँच हजार एक सय पुरस्कार प्रदान गरिने सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु)ले बताए ।