२९ मंसिर २०८२, सोमबार
,
Latest
राखुका किसानलाई सुन्तला ढुवानीको समस्या लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर पासोमा फसेको चितुवाको उद्धार राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर… एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ



अ+ अ-

लमजुङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारप्रति जनताको भरोसा रहेको बताएका छन्।

आज मध्यनेपाल नगरपालिका–१ जीतास्थित सप्तधारा माध्यमिक विद्यालयको ९१ औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र, सुशासन, भ्रष्टाचार नियन्त्रण, पूर्वाधार, शिक्षा स्वास्थ्य खानेपानी, बिजुलीदेखि विविध क्षेत्रको सुधार गर्दै देश समृद्धितर्फ अघि बढिरहेको बताए।

जनताको भरोसा टुट्न नदिन सरकार सबै क्षेत्रमा सुधारतर्फ अघि बढिरहेको उनको भनाइ थियो । सरकारको पहिलो प्राथमिकता जनताको सेवा, आर्थिक क्षेत्र र सुशासन रहेको बताउँदै सञ्चारमन्त्री गुरुङले  भने “जनता र मुलुकको विकासलाई ध्यानमा राखेर सरकारले काम गरिरहेकाले चाँडै विकासले फड्को मार्ने छ । वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचन सम्मै कायम रहने उनले बताए ।