२९ मंसिर २०८२, सोमबार
,
Latest
राखुका किसानलाई सुन्तला ढुवानीको समस्या लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर पासोमा फसेको चितुवाको उद्धार राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर… एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर’



अ+ अ-

बाँके। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन हुलाकी राजमार्गको कामलाई छिटोछरितो रुपमा सम्पन्न गर्न सरकार लागिपरेको बताएका छन्।

नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा रहेको जीर्ण पुलको आज (सोमबार) स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले ढिलासुस्ती नहुने गरी काम अघि बढाउन सरकार गम्भीर रहेको बताएका हुन्। पेडारी नालाको पुलका लागि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भइसकेकाले केही दिनमा टेण्डर आह्वान भई काम सुरु हुने उनले जानकारी दिए।

मन्त्री दाहालले भने, ‘हुलाकी सडकअन्तर्गत खजुराको पेडारी नालासहित अन्य आवश्यक स्थानमा पुल निर्माणका लागि केही दिनमा टेण्डर आह्वान हुन्छ।’

सो अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य किस्मतकुमार कक्षपतिलगायतले ५२ वर्ष पुरानो पुल जुनसुकै बेला भत्किने जोखिम भएकाले नयाँ पुल छिटो बनाउन आग्रह गरे।

सडक डिभिजन कार्यालयअन्तर्गत खजुरामा एक हजार आठ मिटर लम्बाइको चारलेन सडकको काम सात वर्षसम्म पूर्ण हुन नसकेको भन्दै कानुनी अड्चन फुकाएर छिटो काम हुने वातावरण बनाइ दिन खजुरावासीका तर्फबाट मन्त्री दाहालको ध्यानाकर्षण गराइएको अध्यक्ष विकले बताए।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार पेडारी नालामा करिब १४ करोडको लागतमा २२ मिटर चौडाइ र ३३ मिटर लम्बाइको पुल निर्माण गरिने छ।