११ असार २०८३, बिहीबार
,
Latest
महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा–२ का स्वतन्त्र उम्मेदवार गणेश देवकोटाद्धारा प्रतिवद्धतापत्र सार्वजनिक



अ+ अ-

काठमाडौं, २७ कात्तिक । गोरखा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उम्मदेवार गणेश देवकोटाले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै देवकोटाले बिना बिधि र प्रक्रियाबाट निरंकुश चिन्तनशैलीद्धारा सत्ता कब्जा गर्न खोज्ने अधिनायकबादी अराजक प्रवृतिविरुद्ध आफूले उम्मेदवारी दिएको बताए । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा उनी चुनाव चिन्ह खरायो लिएर चुनावी मैदानमा होमिएका छन् ।

देवकोटाले सत्तागठबन्धनको नाममा गोरखा–२ मा नेपाली कांग्रेसले आफ्नै पार्टीको उम्मेदवारलाई प्रोत्साहन नगरेको उनले टिप्पणी गरे । सत्ता स्वार्थको कारण गरिएको गठबन्धनले राष्ट्रहित नहुने उनले स्पष्ट पारे ।

उनले विकास छरप्रष्ट भएका विकास कार्यक्रमका योजनाहरुलाई उनले दिगो विकासको अवधारणाअनुसार सञ्चालन गर्न प्रतिवद्धता गरेका छन् । कानुनी शासनद्धारा प्रत्येक आर्थिक, सामाजिक, प्रशासनिक र राजनैतिक क्षेत्रमा सुशासन तथा पारदर्शिता कायम गर्न नीति नियममा भएका त्रुटी सच्चाएर भ्रष्टाचार निर्मुल गर्न भ्रष्टहलाई दण्डित गर्न अग्रसर हुने पनि उनको प्रतिज्ञा छ ।

त्यस्तै, देशमा रोजगारीको सृजना गरी आफ्नै देशमा रहेर कार्य गर्न उद्यमी,सीप र कार्यक्षमता र क्षमता अभिवृद्धि गर्न युवा शसक्तिकरण गर्ने कार्यक्रम र योजना सञ्चालन गर्ने समेत प्रतिवद्धतापत्रमा उल्लेख छ ।

संसदीय प्रजातान्त्रिक प्रणाली ध्वस्त पार्ने, देशमा अराजकता, अशान्ति मच्चाउने, राष्ट्रिय एकता भाड्ने बाबुराम भट्टराई र प्रचण्डलाई पालैपालो उम्मेदवारी प्रस्ताव गरेकोमा आपक्ति जनाउँदै सत्ता स्वार्थी अराजक र हिंसाद्धारा सत्ता कब्जा गर्न खोज्ने नेतृत्वविरुद्ध उम्मेदवारी दिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

योगदान कर्ता र लगनशील कार्यकर्ता र नेताहरुलाई काम गर्न पे्ररित गर्नुपर्ने उनको राजनैतिक मान्यता रहेको छ । उनको राजनैतिक प्रतिस्पर्धामा राजनैतिक कार्यकर्तालाई सहभागी नगराउँदा राजनैतिक कृयाशीलता नहुने र पार्टी संगठन कमजोर हुने ठहर छ ।
उनले राजनैतिक संगठनको विचार, सिद्धान्त, आदर्श, मुल्य, मान्यता, नीति, कार्यक्रम र कार्ययोजनाले नै देश र देशबासीको समृद्धी विकास गराउने भन्दै त्यतातिर ध्यान दिनुपर्नेमा जोड दिए ।

देवकोटाले अपिवत्र र अप्राकृतिक गठबन्धन स्थायी र दिगो नहुने टिप्पणी गरे । स्वार्थ मिलिन्जेल गठजोड र स्वार्थ बाँझिएमा गठबन्धन भत्किन सक्ने उनको आकंलन छ । उनले बहुदलिय संसदीय प्रजातान्त्रिक प्रणालीलाई सृदृढ तुल्याउन प्रयत्नशील रहुनुपर्ने धारणा राखे ।

लामो समयदेखि अध्यापन गराउदै आएका देवकोटा नेपाली कांग्रेसमा आवद्ध भएर २०४२ सालको सत्याग्रह, २०४५ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन र ०६२/०६३ सालको गणतान्त्रिक आन्दोलनको अंगपंक्तिमा सहभागी हुँदै उनले पटकपटक गरी आठ महिना जेल सजाय भोगेका छन् ।