काठमाडौं । काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ ।
शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको हो । बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको र दुर्घटनामा चालकसहित १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाइएको छ । थप विवरण आउन बाकी छ ।