६ असार २०८३, शनिबार
,
Latest
उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

निहारिकाको बच्चा र आरोपी शिवराजको डीएनए ‘म्याच’



अ+ अ-

काठमाडौं । निहारिका राजपूतका छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ ।

उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए ‘म्याच’ भएको पुष्टि गरे ।

निहारिकाले आफूमाथि शिवराजले करणी गरेर बच्चा जन्मिएको आरोप लगाउँदै आएकी छन् । उनको माग अनुसार दुई महिनाअघि बच्चा र आरोपीको डीएनए टेस्ट गरिएको थियो ।

उक्त टेस्टको रिपोर्ट आइसके पनि सार्वजनिक गरिएको छैन । निहारिकाले रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग गर्दै आएकी छिन् ।

निहारिकाको मुद्दा हाल उच्च अदालत जनकपुरमा विचाराधीन छ । अदालतको पेशीमा ढिलाइ गरिएको आरोप लगाउँदै निहारिकाले आज प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेकी थिइन् ।