• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   दाङमा दुई महिलाको हत्या ★   नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड ★   वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो ★   ‘क्यान्सरको उपचार गर्न’ हरिवंशले जसरी अरु विरामीले घर बेच्नु पर्दैन… ★   म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   रातो मछिन्द्रनाथ रथ तान्न सुरू ★   बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’ ★   रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा ★   जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने ★   प्रधानमन्त्रीको प्रश्ताव नमानेपछि उपप्रधानमन्त्री लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली

दार्चुलामा ओलीको दुईवटा कुराको ग्यारेन्टी: विकासको मूलधारमा ल्याउने र मिचिएको जमिन फिर्ता ल्याउने(भिडीयोसहित)



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको एक इन्च भूमि पनि अर्कालाई नछाड्ने बताउनुभएको छ ।

दार्चुलामा एमालेको चुनावी सभामा उहाँले आफ्नो अतिक्रमित भूमि फिर्ता लिएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।राष्ट्रियतको प्रश्नमा एक इन्च जमिन पनि नछाडिने भन्दै अध्यक्ष ओलीले संसदबाट नक्सा जारी गरिसकेकाले अतिक्रमित भूमि फिर्ता लिएरै छाड्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “आज दार्चुलाबाट हामीले चुनावको विशेष अभियान थालेका छौं । दार्चुलाको खलंगामा उभिएर म दुईवटा कुरा ग्यारेन्टी गर्न चाहन्छु– पछाडि परेको क्षेत्रलाई हामी विकासको मूलधारमा ल्याउँछौं । राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च पनि जमिन कसैलाई मिच्न दिनेवाला छैन, मिचिएको जमिन पनि फिर्ता ल्याउँछ।”