२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः पुलिसको लगातार तेस्रो जित



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा लगातार तेस्रो जितको क्रममा पुलिसले लुम्बिनीलाई ६ विकेटले हराएको हो ।

लुम्बिनीले दिएको १ सय ८९ रनको लक्ष्य पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसका कप्तान दिपेन्द्रसिंह ऐरीले अविजित ४३ रनको इनिङ खेले । उनले ६६ बलमा चार चौका प्रहार गरे ।

ओपनर ब्याटर सुनिल धमलाले २६ बलमा ३६ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल ४१ बलमा ३२ रन बनाउँदै क्याच भए । अर्का ब्याटर अमित श्रेष्ठले २८ रन बनाए ।

लुम्बिनीका लागि अनिल खरेलले सर्वाधिक २ विकेट लिए । दुर्गेश गुप्ताले १ विकेट लिए ।
पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४.२ ओभरमा १८८ रनमा अल आउट भएको थियो । कप्तान देव खनालले सर्वाधिक ७४ रनको अर्धशतकीय पारी खेले । उनले ८८ बलमा ७ चौका र २ छक्का प्रहार गरे । तेस्रो क्रमका ब्याटर प्रज्वल थापाले २३ रन बनाए ।

पुलिसका लागि कप्तान दिपेन्द्र सिंहले सर्वाधिक ४ विकेट लिए । सागर ढकाल र करण केसीले समान २–२ विकेट लिए ।




भर्खरै