६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.62

Wind: 1.54

Humidity: 83

तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा पुग्नुभयो प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौँ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा पुग्नुभएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबमोजिम बिहीबारदेखि उम्मेदवार तथा राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि जुलुस, आमसभा, कोणसभाजस्ता गतिविधि गर्न अनुमति दिएसँगै चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा डडेल्धुरा पुग्नुभएको हो ।

उहाँ डडेल्धुरा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत हुनुहुन्छ । यसअघि प्रधानमन्त्री देउवाले चुनावी सभामा सहभागी हुन निर्वाचन आयोगसमक्ष पत्र लेखी अनुरोध गर्नुभएको थियो ।

आयोगले उहाँलाई सरकारी स्रोत र साधनको प्रयोग नगर्ने र आफ्नै वा पार्टीको खर्चमा सहभागी हुन अनुमति दिएको थियो । त्यसपछि प्रधानमन्त्री देउवा हिजो बुधबार निजी हेलिकप्टरमार्फत धनगढी पुग्नुभएको र निजी निवासमा बस्नुभएको थियो ।