• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौं क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवारहरुको घरदैलो शुरु



काठमाडौं ।काठमाडौं क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो शुरु गरेका छन् ।

गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले बिहीवारदेखि संयुक्त रुपमा घरदैलो शुरु गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्ती, क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका नेता ध्रुव केसी र क्षेत्र नं. २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता भरतप्रसाद फुँयालसहित गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको टोलीले घरदैलो गरेको हो ।

टोलीले बिहीवार पेप्सीकोलादेखि नरेफाँटसम्म घरदैलो गरेको छ । घरदैलोको क्रममा हाते माइकबाट उम्मेदवारहरु घरदैलोमा आउनुभएको भन्दै प्रचार गरिएको थियो भने आ–आफ्नो पार्टीको चुनाव चिन्ह अंकित झण्डा पनि बोकिएको थियो । सहभागी नेता, कार्यकर्ताहरुले ‘आयो, आयो, गठबन्धन आयो’ भन्दै नाराबाजीसमेत गरेका थिए ।

मतदाताको घर–घरमा नमस्ते गर्दै पुगेका उम्मेदवारहरुले गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरिरहेको देख्न सकिन्थ्यो ।