काठमाडौं । अमेरिकाले टोकियो ओलम्पिकमा पहिलो स्थान हात पारेको छ ।
एक दिन बाँकी रहँदा चीन भन्दा दुई स्वर्ण पदक कम रहेको अमेरिकाले अन्तिम दिन महिला बास्केटबल महिला भलिबल र साइक्लिङको अप्नीमम स्पर्धामा स्वर्ण पदक जितेको हो ।
यी तीन स्वर्ण पदक सहित अमेरिकाको ३९ तथा चीनको ३८ स्वर्ण पदक भएको छ । अन्तिम दिन पुरुष ह्यान्डबल र पुरुष वाटर पोलाको खेल जारी छ ।