• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

भारतको गुजरातमा पुल चुँडिएर १४० जनाको मृत्यु



एजेन्सी । भारतको गुजरातस्थित मोरबीमा १४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिएर करिब चार सय यात्रु मच्छु नदीमा खसेर दुर्घटनामा परेका छन् ।

दुर्घटनामा १ सय ४० भन्दा बढीले ज्यान गुमाएका छन् भने ७० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा ५० भन्दा बढी बालबालिका र महिला रहेका छन् । जीर्णोद्धारका लागि ६ महिना बन्द रहेको पुल २५ अक्टोबरमात्र खुलाइएको थियो ।

आइतबार साँझ ६ः३० बजे घटना घटेको बताइएको छ । दुर्घटनाका कारण नदीमा डुबेका मानिसको उद्धार गर्न स्थानीय बासिन्दा नदीमा फाल हालेका थिए । उनीहरूले डुबेका मानिसहरूलाई नदीबाट बाहिर निकाले र मेडिकल टोलीले उनीहरूलाई अस्पताल पुर्याएका थिए ।

आइतबार बिदा भएकाले झोलुङ्गे पुलमा क्षमताभन्दा बढी मानिसको भीड लागेको बताइएको छ । दीपावलीको बिदा र आइतबार भएकाले पनि भीड बढी थियो । पुलमा ओभरलोड भएका कारण दुर्घटना भएको बताइएको छ ।