५ श्रावण २०८३, मंगलवार
,
Latest
बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको गुजरातमा पुल चुँडिएर १४० जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको गुजरातस्थित मोरबीमा १४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिएर करिब चार सय यात्रु मच्छु नदीमा खसेर दुर्घटनामा परेका छन् ।

दुर्घटनामा १ सय ४० भन्दा बढीले ज्यान गुमाएका छन् भने ७० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा ५० भन्दा बढी बालबालिका र महिला रहेका छन् । जीर्णोद्धारका लागि ६ महिना बन्द रहेको पुल २५ अक्टोबरमात्र खुलाइएको थियो ।

आइतबार साँझ ६ः३० बजे घटना घटेको बताइएको छ । दुर्घटनाका कारण नदीमा डुबेका मानिसको उद्धार गर्न स्थानीय बासिन्दा नदीमा फाल हालेका थिए । उनीहरूले डुबेका मानिसहरूलाई नदीबाट बाहिर निकाले र मेडिकल टोलीले उनीहरूलाई अस्पताल पुर्याएका थिए ।

आइतबार बिदा भएकाले झोलुङ्गे पुलमा क्षमताभन्दा बढी मानिसको भीड लागेको बताइएको छ । दीपावलीको बिदा र आइतबार भएकाले पनि भीड बढी थियो । पुलमा ओभरलोड भएका कारण दुर्घटना भएको बताइएको छ ।