२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको सानदार जित



अ+ अ-

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सानदार जित निकालेको छ । घरेलु मैदान क्याम्प नोउमा गएराति भएको खेलमा बार्सिलोनाले एथलेटिको बिल्वाओलाई ४–० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेले, सर्जी रोबर्टो, रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले गोल गरे ।

खेलको १२औं मिनेटमा डेम्बेलेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले लेवान्डोस्कीको पासमा गोल गरे । १८औं मिनेटमा सजी रोबर्टोले डेम्बेलेको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

२२औं मिनेटमा डेम्बेलेको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए ।

त्यसपछि ७३औं मिनेटमा सब्सीच्युट खेलाडी फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए । ६३औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका टोरेसले डेम्बेलेको पासमा गोल गरे ।

जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ११ खेलबाट २८ अंक छ । समान खेलबाट ३१ अंक रहेको रियल मड्रिड शीर्षस्थानमा छ । पराजित विल्वाओ १८ अंकसहित छैटौं स्थानमा छ ।