२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं-८ लाई साँस्कृतिक राजधानी बनाउँछु: पर्यटनमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको साँस्कृतिक राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा बसन्तपुर दरबार स्क्वायर र स्वयम्भु जोड्ने सम्पदा मार्ग निर्माण, मुलुककै प्राचीन स्थानीय सम्पदाहरुको संरक्षण र पर्यटकीय स्थल ह्वाईट गुम्बा वरपर पुर्वाधार विकास गरी काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई नेपालको सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो ।

निर्वाचन परिचालन समितिले काठमाडौंको डल्लुमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरबार स्क्वायर र स्वयम्भुलाई जोड्ने सम्पदा मार्ग निर्माण कार्य सुरु भइसकेको बताउनुभयो । स्वयम्भूदेखि हनुमानढोकासम्मका सम्पदाहरुलाई विश्व सामू चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने उहाँको भनाइ छ ।

दुवै विश्व सम्पदाको बीचमा रहेका कयौं स्थानीय सम्पदाहरुको पहिचान र संरक्षणबाट उक्त क्षेत्र साँस्कृतिक राजधानीका रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताउनुभयो । सम्पदाको संरक्षण, पर्यटकीय क्षेत्रको विकास तथा त्यसमार्फत् आर्यआर्जन गरी स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।