२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधब नेपाललाई कारबाहीको निर्देशन लोकतन्त्र विपरीत: नेकपा एस



अ+ अ-

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०ले पार्टीका का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई दिएको निर्देशन लोकतन्त्र विपरीत भएको जनाएको छ ।

एकीकृत समाजवादी (एस)का उपमहासचिव डा. विजय पौडेलले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै “स्पष्टीकरण नबुझाउँदै कारबाहीको आदेश दिनु लोकतन्त्र विरुद्ध भएको जनाउनु भएको छ । उहाँले लेख्नुभएको छ– “स्पष्टीकरण नबुझाउँदै कारबाहीको आदेश रु यो त ज्यादती भयो । आयोगको यो कदम लोकतन्त्रको विरुद्ध छ,।”

थप समाचार –माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

नेता नेपालले मतदातालाई प्रलोभन पार्नका लागि फ्री भिसा फ्री टिकटको प्रलोभन देखाउने अभिव्यक्ति दिनुभएको थियो । सो अभिव्यक्ति पछि नेपाललाई स्पष्टीकरण सोधेको छ भने कारबाही प्रक्रिया अघि बढाउन रौतहट प्रहरीलाई निर्देशन दिएको छ ।