५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ब्लड प्रेसर लो भएमा के गर्ने ? के खाने-के नखाने ? जान्नुहोस्

ब्लड प्रेसर लो भएमा के गर्ने ? के खाने-के नखाने ? जान्नुहोस्
अ+ अ-

काठमाडौं । अक्सर मानिसले लो ब्लड प्रेसरलाई त्यती गंभिरतापूर्वक लिदैनन्, जति हाइ ब्लड प्रेशरलाई लिने गर्छन् । यद्यपी लो ब्लड प्रेशरलाई पनि नजरअनदाज गर्नु खतरा साबित हुनसक्छ । त्यसैले समयमै यसबाट बच्ने उपाय खोजिहाल्नुपर्छ । के हो ब्लड प्रेसर ? : सामन्य रक्तचाप १२०/८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या छ ।

प्रेग्नेन्सी– प्रेग्नेन्सीको क्रममा कति महिलाको सर्कुलेटरी सिस्टम तिब्र रुपले बढ्छ, जसले ब्लड प्रेसर लो हुन्छ । तर, प्रग्नेन्सीको बेला यो सामन्य हो । बच्चा जन्मिएपछि रक्तचाप सामन्य अवस्थामा आउँछ । यदि कुनै महिलाको रक्तचाप नियमित न्युन भयो भने चाँहि परीक्षण गराउनु पर्छ ।

मुटुको समस्या- मुटुको भल्भमा समस्या, हृदयघात वा हृदयसम्बन्धी रोगले पनि रक्तचाप कम हुनसक्छ ।

इन्डोक्राइन समस्या- थाइराइड, रक्तअल्पता, लो ब्लड सुगर र कहिले कहिं मधुमेहले गर्दा पनि रक्तचाप न्युन हुनसक्छ ।

डिहाइड्रेसन- शरीरमा पानीको मात्रा अपुग हुँदा न्युन रक्तचापको समस्या देखापर्न सक्छ । रक्तश्राव( चोटपटकको कारण रक्तश्राव भएर अचानक शरीरमा रगतको कमी भयो भने पनि रक्तचाप न्युन हुन्छ ।

पोषणको कमी- शरीरमा भिटामिन बि-१२ र आइरनको कमीले एनीमिया हुन्छ । यसले गर्दा शरीरमा पर्याप्त मात्रामा रेड ब्लड सेल बन्दैन र ब्लड प्रेशर लो हुन्छ ।

औषधी– उच्च रक्तचाप, मुटुरोग, पार्किसन्स, डिप्रेसनको औषधी सेवन धेरै लिनाले पनि रक्तचाप न्युन हुनसक्छ । यसका साथै चक्कर आउँदा, डेँगु मलेरिया, कुनै डरलाग्दो दृश्य देख्दा रत्तचाप न्युन हुनसक्छ ।

लक्षण

– थकान लाग्छ

– कमजोरी महसुष हुन्छ

– चक्कर आउँछ

– दृष्टि धमिलो हुन्छ

– छालामा पहेंलोपन देखिन्छ

– शरीर चिसो हुन्छ

– धेरै तिर्खा लाग्छ

– छिटो छिटो सास बढ्छ

किन खतरनाक छ ? : यदि तपाईको न्युन रक्तचाप छ भने त्यसको समयमा उपचार गर्नुपर्छ । अन्याथा यसले खतरा रोगलाई निम्त्याउँछ ।

– यसले तपाईको स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ ।

– गर्भावस्थामा रक्तचाप नियन्त्रण गरिएन भने गर्भको बच्चाको मृत्यु हुन सक्छ ।

– मनोभ्रम, ब्रेन डिसअर्डर, मृगौला रोग आदि लाग्न सक्छ ।

– चक्कर आएर जहाँपनि ढल्न सक्छ

– रक्त संक्रमणको संभावना हुन्छ ।

के गर्ने ? :

– अक्सर चिकित्सकले नुन कम खाने सल्लाह दिन्छन् । तर, न्युन रक्तचापमा सोडियमको मात्रा केहि धेरै हुनुपर्छ ।

– यदि नुन सेवन मन पर्दैन भने सोया सस सेवन गर्न सकिन्छ ।

– भरपुर पानी पिउनुपर्छ ।

– जब कसैलाई अचानक रक्तचाप न्युन हुन्छ, प्राथमिक उपचार थालिहाल्नुपर्छ । पींठको बलले बस्न लगाएर खुट्टाको तल सिरानी राख्नुपर्छ । यसले मस्तिष्कमा रक्तप्रवाह बढाइदिन्छ ।

– मदिराजन्य पदार्थबाट टाढै रहनुपर्छ ।

– धेरै समयसम्म उभिएर नबसौ ।

– धेरै लामो समय बसेर अचानक उठ्नु पनि हुँदैन ।

– कसरत, योगा, स्विमिङ, साइक्लिङ आदिले रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

– खानामा कार्बोहाइड्रेडयुक्त पदार्थ जस्तो कि आलु, चाम, ब्रेड, पास्ताको मात्रा कम गर्ने ।

यसरी सुरक्षित रहने :

 – धेरै भन्दा धेरै पानी पिउने, यसले डिहाइड्रेसन हुँदैन ।

– धेरै तातो पानीले नुहाउन हुँदैन, यसले शरीरमा तापमान बढ्छ ।

– पर्याप्त निन्दा लिनुपर्छ ।

– नियमित र थोरै समयको अन्तरालमा थोरै थोरै खाना खाने ।

– यदि डिप्रेसनको औषधी सेवन गरिरहेका छ भने उठ्नसाथ चक्कर आउनसक्छ ।

यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

– शारीरिक काम गरेर धेरै पसिना आएको छ भने कागती पानी सेवन गर्नुपर्छ ।

– चिन्ताबाट टाढै रहनुपर्छ ।

घरेलु बिधी :

– १०/१५ वटा किसमिसलाई रातभर पानीमा भिजाउने, बिहान एक एक किसमिश चपाएर खाने र पानी पिउने ।

– ७ वटा बदाम रातभर भिजाउने । त्यसलाई पिसेर दुधसँग सेवन गर्ने ।

– १० वटा तुलसीको पात पिसेर रस निकाल्ने । त्यसमा १ चिया चम्चा मह मिलाएर बिहान खाली पेटमा पिउने ।

– हरेक दिन ब्ल्याक टि पिउने यसले रक्तचाप बढाउन सहयोग गर्छ ।

– नुन र शख्खरको घोलले पनि लाभ गर्छ । माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो कृपया सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिएमा कृपया तुरुन्त आफ्नो स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोला धन्यवाद ।

(एजेन्सीको सहयोगमा)