२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सुटिङ भएको ‘उचाइ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ ।

राजश्रीको आधिकारिक युट्युब च्यानलमा रिलिज भएको ट्रेलरमा सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा देखाइएको छ ।

सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँका मनमोहक दृश्यलाई समेत उतारिएको छ ।

फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको प्रमुख भूमिका रहेको छ ।

फिल्ममा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् । भारतको मुम्बईदेखि नेपालको सगरमाथासम्मको यात्रालाई फिल्ममा चित्रण गरिएको छ । फिल्म नोभेम्बर ११ मा विश्वव्यापीरुपमा रिलिज हुँदैछ ।