२५ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने… बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी हुनु लज्जास्पद !
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेन्जेमाले जिते बालोन डि ओर अवार्ड



अ+ अ-

एजेन्सी । रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले फुटबलको सर्वोच्च अवार्ड बालोन डि ओर अवार्ड प्राप्त गरेका छन् । गत सिजन गरेको प्रर्दशनका आधारमा फ्रान्सेली खेलाडी बेन्जेमालाई बालोन डि ओरको अवार्ड प्रदान गरिएको हो ।

उनी पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् । बेन्जेमाकै ४६ खेलमा ४४ गोलको सहयोगले रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो ।

गत सिजन लिभरपुलमा रहेका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुएना तेस्रो भए ।

यस्तै, बार्सिलोनाकी एलेक्सिया पुटेलासले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरिन् । इङ्ल्याण्डलाई युरो कप जिताउन आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन् ।

बालोन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित हुदाँ लिभरपुल दोस्रो स्थानमा रह्यो ।

अर्जेन्टिनी स्टार लियोनल मेसीले ७ र पोर्चुगीज स्टार क्रिस्टियानो रोनाल्डाले ५ पटक यो अवार्ड हात पारेका छन् ।




भर्खरै