२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्सालस्थित होटेल क्राउन प्लाजामा एक युवतीको मृत्यु, २ पक्राउ



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौँ । काठमाडौँको नक्सालस्थित होटेल क्राउन प्लाजामा एक युवतीको मृत्यु भएको छ । उनको आगोबाट जलेर मृत्यु भएको हो । चाबहिल बस्ने २३ वर्षीय उनको आगोबाट जलेपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा होटेलका दुई कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका–१४ का २६ वर्षीय केशव रिजाल रहेका छन् ।

होटेलमा आगोबाट जलेर घाइते भएपछि रिजालले ती युवतीलाई वीर अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ती युवतीको सोमबार बिहान मृत्यु भएको हो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा युवतीको शरीरमा पेट्रोल छर्किएर आगो लागेको देखिएको छ ।

सोमबार बिहान होटेलमा उक्त घटना भए पनि होटेलले घटनालाई गुपचुप राखेको थियो । प्रहरीलाई खबर नगरी गुपचुप राखेको भन्दै अनुसन्धानका लागि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

रिजाललाई होटेलमै बसेको र घटना घटाएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रिजाल र ती युवती प्रेमी–प्रेमिका भएको प्रहरीको आशंका छ । युवतीको शव सोमबार नै पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनीहरूलाई काठमाडौं प्रहरी वृत्त मालीगाउँको हिरासतमा राखिएको छ ।