१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

नवौँ राष्ट्रिय खेलकुद: फितलो व्यवस्थापन, बन्द प्रशिक्षणबिना खेलाडी सहभागी हुँदै

नवौँ राष्ट्रिय खेलकुद: फितलो व्यवस्थापन, बन्द प्रशिक्षणबिना खेलाडी सहभागी हुँदै
अ अ+ अ-

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको प्रतिनिधत्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी फितलो व्यवस्थापनका बीच सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को व्यवस्थापनमा खेलाडीको बन्द प्रशिक्षणदेखि अन्य विषयमा सुविधा हुनुपर्ने भए पनि प्रदेश छनोटमा परेका कतिपय खेलका खेलाडीले खेल सामग्रीसमेत पाएनन् ।

“कञ्चनपुरबाट केही समयअघि नै खेलकुदका पदाधिकारी र कार्यालय प्रमुख नवौँका लागि पोखरा पुगिसके पनि खेलाडी भने जाने क्रम सुरु भएको छ”, एक प्रशिक्षकले भन्नुभयो, “खेलाडीबिना बन्द प्रशिक्षण राष्ट्रिय प्रतियोगितामा जान थालेको यो पहिलोपटक हो ।” जिल्ला छनोटपछि प्रदेशस्तरीय बन्द प्रशिक्षण राख्ने विषयमा सुदूरपश्चिम प्रदेश मौन रह्यो । खेलाडी नियमित प्रशिक्षणबाट राष्ट्रियका लागि गण्डकी प्रदेशतर्फ गइरहेका छन् ।

राष्ट्रिय प्रतियोगिताअन्तर्गत दुई दिनअघिदेखि प्रतियोगिता सुरु भइसके पनि नवौँका उद्घाटन आगामी शुक्रबार हुँदैछ । खेल तालिकाअनुसार यहाँबाट खेलाडी नवौँमा जाने क्रम सुरु भएको हो । यहाँ कतिपय जिल्ला छनोटमा सहभागी प्रशिक्षक/रेफ्रीलाई समेत दिनुपर्ने भत्ता रकम दिइएको छैन ।

यता सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले खेलकुदको समग्र जिम्मेवारी प्रदेश खेलकुद परिष्दलाई दिइएको जनाएको छ । मन्त्रालयबाट नवौँ राष्ट्रियको व्यवस्थापनका लागि खटिएका नायबसुब्बा डम्बर रावलले प्रदेश सरकारबाट रकम निकासामा ढिलाइ हुनुका साथै बीचमा दसैँ पर्वका कारण प्रदेशको बन्द प्रशिक्षण हुन नसकेको दाबी गर्नुभयो ।

“प्रदेश खेलकुद परिषद्ले एक महिना बन्द प्रशिक्षण गर्नुपर्ने प्रास्ताव अघि सारे पनि एक साताको मात्रै स्वीकृत मिल्यो”, उहाँले भन्नुभयो, “जिल्ला छनोट समयमा भए पनि प्रदेशबाट रकम निकास ढिलो हुँदा व्यवस्थापनमा समस्या भयो ।” सुदूरपश्चिम प्रदेश सरकारले खेलकुदका लागि रु चार करोड ९० लाख र राष्ट्रिय खेलकुद परिषद्ले रु ४९ लाख रकम निकास गरेको रावलको भनाइ छ ।

“खेलाडीलाई पोशाक राष्ट्रिय खेलकुद परिषद्ले र यातायात सुविधाका लागि हामी समितिहरू परिचालन गरेका छौँ”, रावलले भन्नुभयो, “खेलाडी, प्रशिक्षक र खेल व्यवस्थापक सोहीअनुसार गइरहेका छन् ।” सुदूरपश्चिमबाट एकल र समूह खेलबाट खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी सात सय २० जना सहभागी गइरहेको रावलले बताउनुभयो ।

“खेलाडीहरु लिएर आउनु भनेको छ, बाटो खर्चको व्यवस्थापन पनि आफैँ गर्नुपरेको छ”, एक प्रशिक्षकले भन्नुभयो, “खेलाडीलाई यति फितलो व्यवस्थापनमा लैजानुपर्ने अवस्था कहिल्यै आएको थिएन ।” जिल्ला छनोट हुँदा खेल पोशाक भन्दै महेन्द्रनगरमा खेलाडीलाई जर्सी वितरण गरिएको थियो ।

“प्रदेशबाट छनोट भइसकेपछि खेलाडीलाई खेल सामग्री नदिएर बसेकाहरू अहिले पोखरा पुगेर पदकको आशामा छन्”, एक खेलाडीले भन्नुभयो, “राज्यले दिएको लगानी सदुपयोग गरेमात्रै खेलाडीको अवस्थामा सुधार आउँथ्यो ।” रासस