१२ श्रावण २०८३, मंगलवार
,
Latest
गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन २ बाट रवि लामिछानेको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नं ०२ बाट उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्नुभएको छ ।

सभापति लामिछानेको प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर महानगरपालिका सभापति सिता ज्ञवाली र समर्थक भरतपुर महानगरपालिका–११ का सभापति विक्रम श्रेष्ठ रहनुभएको छ ।

मनोनयन पछि लामिछानेले सामाजिक संञ्जालमा लेखेका छन्-

एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो। म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिएं। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको योजना बोकेर चितवन नै आएको छु । यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर। मंसिर ४ का लागि चितवन( २ मेरो निर्वाचन क्षेत्र र चुनाव चिन्ह घण्टी।