१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

निर्वाचन अधिकृतले ३ निर्वाचन क्षेत्रको उम्मेदवारी संकलन गर्नुपर्छः निर्वाचन आयोग

निर्वाचन अधिकृतले ३ निर्वाचन क्षेत्रको उम्मेदवारी संकलन गर्नुपर्छः निर्वाचन आयोग
अ अ+ अ-

निर्वाचन आयोगले प्रतिनिधि सभाको १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम सकिएको जनाएको छ ।

असोज २१ गते बिहीवारसम्म निर्वाचन आयोगले दिएको तोकेको समयसीमा भित्र नै प्रतिनिधि सभा तर्फका १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जनाएको हो ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीवारसम्म १६५ वटै प्रतिनिधि सभाका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भइसकेको बताउनु भयो ।

उहाँले स्थापना भएका कार्यालयहरुमा जनशक्ति र आवश्यक व्यवस्थापकीय कामहरु पनि पूरा भएको बताउनु भयो । स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा शुक्रवार र शनिवारको समय असोज २३ गते हुने प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयनका लागि तयारीको समय रहेको बताउनु भयो । उहाँले निर्वाचन अधिकृतले आफ्नो मातहतबाट ३ वटा निर्वाचन क्षेत्रलाई उम्मेदवारी संकलन गर्नुपर्ने बताउनु भयो ।

सह प्रवक्ता अर्यालले प्रतिनिधि सभाको प्रत्यक्ष र प्रदेश सभाको १ र २ को प्रत्यक्षका लागि उम्मेदवारहरुको विवरण संकलन गर्नुपर्ने बताउनु भयो । निर्वाचन अधिकृतहरुले प्रतिनिधि सभाको लागि छुट्टै कक्ष र प्रदेश सभाको १ को लागि छुट्टै र दुईको लागि छुट्टै गरेर तीन वटा ठाउँमा तोकिएको समयभित्र दर्ताको व्यवस्था मिलाइने बताउनु भयो ।

सह प्रवक्ता अर्यालले आयोगले प्रत्यक्ष तर्फको दल दर्ताका लागि व्यवस्थित गर्न अहिलेको आचारसंहीताले सहज बनाएको बताउनु भयो । उहाँले विगतमा हुने तामझाम र बाजागाजासहितको प्रचलनलाई अन्त्य गरी २५ जना मात्रै उपस्थित हुन पाउने प्रावधानले दल दर्ताका लागि केही सहज बनाएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले ठूलो दलहरु दल दर्ता गर्न जाँदा भीडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गरी निर्वाचन अधिकृतले विभिन्न दल र सम्भावित उम्मेदवारसँग छलफल गरी समय निर्धारण गर्नसक्ने बताउनु भयो । उहाँले कसरी मनोनयन दर्ता व्यवस्थित गर्ने र कसरी आचारणद्ध गराउने ? भन्ने कुराको छलफलसँगै अनुशासन र आचारसंहीताको सीमा र परिधिभित्र रहेर राम्रो मनोनयन दर्ता हुनेमा आयोग विश्वस्त रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दर्ताको लागि व्यवस्थित गर्न, भीडभाड हुन नदिन, मितव्ययी होस् र सुव्यवस्थित रुपमा मनोनयन दर्ता प्रक्रिया अघि बढोस् भन्नका लागि अहिलेको आचारसंहीताले केही कुरालाई सम्बोधन गरेको छ । एकदमै तामझाम र बाजागाजासहित आउने विगतको प्रचलन थियो, त्यसलाई केही अनुशासनवद्ध गराउन २५ जनाभन्दा बढी त्यस्तो खालको मनोनयनमा नआइदिन आयोगले आचारसंहीतामा गर्न नहुने कार्यभित्र राखेर निर्देशन दिइसकेको हुनाले दल वा स्वतन्त्र उम्मेदवारले सो समयमा निश्चित संख्यामा आएर दर्ता गर्नुहुन्छ । यो गर्दा भीडभाड कम हुने र त्यसमा पनि एकैपटक नगर्नको लागि विशेषतः भीडभाड हुने भनेको ठूला दलहरुको हुनसक्छ । उहाँहरुको लागि थोरै समय मिलाएर, उहाँहरुको अनुकुलतालाई हेरेर निर्वाचन अधिकृतले धेरैजसो निर्वाचन क्षेत्रमा आज र भोलि उहाँहरुले विभिन्न दल र सम्भावित उम्मेदवारसँग छलफल गर्नुहुन्छ । कसरी मनोनयन दर्ता व्यवस्थित गर्ने र कसरी आचारणद्ध गराउने ? भन्ने तरिकाले निर्वाचन अधिकृतले सानो छलफल गरिसकेपछि मनोनयन दर्ता बढी व्यवस्थित अनुशासन र आचारसंहीताको सीमा र परिधिभित्र रहेर राम्रो मनोनयन दर्ता कार्यक्रम हुनेछ ।’

सह प्रवक्ता अर्यालले मनोनयन दर्ता गर्न कानूनी प्रक्रिया पूरा गरेको (योग्य) जो कोही व्यक्तिले पनि स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था भएकाले आयोगले तोकेको समयभित्र उम्मेदवारी दर्ता गर्नसक्ने अधिकार रहेको बताउनु भयो ।